नेपाल आइडल विजेता रवि ओडको गीत ‘तिमी बिजी टिकटकमा भिडियो सार्वजनिक भएको छ ।
नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक भएको हो । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा गायिका सम्झनाले संगीत भएकी छिन् ।

 

भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । भिडियोमा टिकटकले परिवारमा पुर्याएको समस्यालाई रमाईलो तरिकाले देखाइएको छ ।निसान घिमिरेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुस