जितेन्द्र थापा, दैलेख, साउन ,२। वर्षा सुरु भएसङगै दैेखकाविभिन्न ठाउँमा पहिरोले क्षति गरेको छ । बिहिबार साँझबाट विहानसम्म परेको पानिले सात परिवार विस्थापीत र आठओटा घर उच्चजोखिममा रहेको बताइएको छ ।

पहिरोले स्थानिय रामबहादुर आलेको घर पुर्ण रुपमा क्षतिभएको र ५४ वर्षिय रामबहादुर आले सहित उनका ५० वर्षिय श्रीमति चन्द्रा आले र १६ वर्षिय छोरा भिम बहादुर आले गम्भिर घाइते भएको प्रथमिक उपचारमा खटिएका सामुदायिक स्वास्थ्य इकाई बाहाकोटका इन्चार्ज अन्जिर कुमार शाहिले बताए ।

उनले भने आलेको घर पुर्णरुपमा क्षति भएको छ र आसपासका अन्य ३ वटा घर उच्च जोमिममा छन् । आलेको परिवारलाई सामान्य उपचारपछि उपचारको लागि सुर्खेत पठाइने बताए ।

त्यस्तै साविकको वडा नं ३ मा तिनवटा घर उच्च जोखिममा रहेका स्थानिय इन्द्र गौतमले बताए । उच्चजोखिममा रहेका घरहरुमा रुपक खप्तडी, कलम रास्कोटी, नेत्र बहादुर शाहि घरहरु उच्च जोखिममा रहेका र अन्य ५ घर जोखिममा रहेको गौतमले बताए ।

त्यस्तै साविकको ६ नं वडामा हर्क बहादुर लामिछानेको एक हलगोरु र एउटा भैँसी समेत पहिरोले बगाएको गौतमले बताए ।

सात घर परिवार विस्थापित

विहिवार साँझदेखि विहानसम्म परेको मुसलधारे वर्षाले गाँउपालिकाको वडा नं तिनका सात घरपरिवार विस्थापीत भएको र विद्यालयको दुइकोठा भएको भवन बगाएको र तुसारे खानेपानिको पाँचवटा मुहानमा पुर्णरुपमा क्षति गरेको वडा नं ३ का वडा सदस्य बल बहादुर बुढाले बताए ।

उनका अनुसार विस्थापीत हुनेमा साविकको वडा नं १ बजायाका पदम कामी, शक्ति कामी, केश कामी, सार्के कामी, डम्बर भण्डारी र इन्द्र गौतमको परिवार विस्थापीत भएको सदस्य बुढाले बताए । पहिरो घर बगाएको दश घण्टापछि पनि उद्धार नभएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुस