कञ्चनपुर साउन २ । कञ्चनपुरमा कृषि ज्ञान केन्द्रको प्राविधिक टोली र किसानहरु सलह किरा धपाउन दैड धुप गरेका छन । कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्ट सहितको प्राविधिक टोली र किसान सहित सलह धपाउन शुक्रबार शुक्लाफाँटा नगरपालिकाको खेतबारीमा पुगेका थिए।

दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिका हुँदै सलहको झुण्ड कृष्णपुर र शुक्लाफाँटा नगरपालिका आएपछि बिहीबारदेखि सलह धपाउन थालिएको हो । दुई दिनदेखि भट्ट नेतृत्वको टोलीले शुक्लाफाँटा, बेदकोट, कृष्णपुरमा टोली सलह धपाई रहेको छ ।

कृषि ज्ञान केन्द्रले सलह धपाउन दुई टोली फिल्डमा खटाएको छ । त्यसमध्ये एक टोलीको नेतृत्व भट्ट आफैंले गरेका छन् । अर्को टोलीमा रण बहादुर मल्ल छन् । ‘पुनर्वास हुँदै सलह आएपछि त्यसलाई रोक्न दुई टोली बनाएर लागि परेका छौ’ उनले भने,‘यता नछाडेसम्म खेतबारीमा खटि रहन्छौ ।’

यसैगरी बाली संरक्षण प्रयोगशालाका प्राविधिक पनि सलह धपाउन खेतबारीमा पुगेका छन् । किसान सहित सबैले धपाउन साथ दिएकाले अहिलेसम्म क्षति नदेखिएको उनले बताए ।बेदकोटको सुन्दरपुर हुँदै सलहको झुण्ड भीमदत्त नगरपालिका २ को उल्टाखाम पुगेको कृषि प्राविधिकहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुस