केशव महरा ,कञ्चनपुर,झलारी ,साउन ४ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १- बन्शाह कृष्णनगर टोलका युवा बाटो निर्माणमा जुटेका छन । लकडाउनमा कलेज पढ्ने युवा विध्यार्थीहरु घरमा आएको र्फुुदको समयको सदुपयोग गरेर बाटो निर्मामा जुटेका हुन ।

कलुवापुर बेलौरि राजमार्ग देखि शुक्लाफाँटा नगरपालिका १- कृष्णनगर टोल सम्म जोड्ने बाटो निर्माण जनशर्बदानबाट भईरहेको छ । बिगत देखिनै हिड्ने गरेर बाटो बर्षादको पानीका कारण खराव भएको र चौडा बनाउनुपर्ने भएको हुँदा गाँउका युवा मिलेर आईतबार देखि ६ मिटर चौडा बाटो निर्माण भईरहेको बाटो निर्माण समिति अध्यक्ष नैन शिंह बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस