काठमान्डौँ साउन, ५ । ललितपुरको गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख कृष्ण प्रसाद जैसी डेढ लाख घुससहित रङ्गेहात पक्राउ परेका छन्।

आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट रकम लिइरहेको अवस्थामा जैसीलाई अख्तियार दूरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो।

जैसीले यस अघि पनि ढुङ्गा खानी, क्रसर उद्योगलगाएत जग्गा प्लटिङबाट कमिस लिने गरेको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुस