राजेन्द्र भट्ट/पहिलाद राना
महेन्द्रनगर, साउन , ०७ । लाखौंको बजेट आयो भीनपा १६ मा बाल उद्यान निर्माणका लागि, बाल उद्यान बन्यो ! तर, शौचालय विनाको बाल उद्यान ! ‘ठूलाबडा’ आए नेपाली सेनाका, उद्घाटन गरेर गए । तर, उनीहरुले शौच कहाँ गरे लाखौंको बाल उद्यानमा  ! काठमाण्डौें बाट सामग्री आयो टुटेफुटेको तर, नैलो झैं देखाईयो शुक्लाफाँफाटा अगाडी । कञ्चनपुर जिल्ला खुल्ला दिसा मुक्क्त घोषणा भएको भए पनि सार्बजनिक स्थलमा बिना शौचालयको बाल उद्यानको उद्घाटन गरेर गएका छन ।

भीमदत्त नगरपालिका र नेपाली सेनाको लगानीमा निर्माण गरिएको बाल उद्यानमा आर्थिक अनियमितता गरेको पाइएको छ ।
भीमदत्त नगरपालिका–१६ परखेडीमा ४५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको सरस्वती बाल उद्यानमा अनियमितता भएको पाइएको हो । बाल उद्यान निर्माण उपभोक्ता समितिले भ्रष्टाचार तथा आर्थिक अनियमितता गरेको स्थानीय शिक्षा उद्यमी तिलकदत्त भट्टले दावी गरेका छन् ।

‘बाल उद्यानमा उपभोक्ता समितिले भ्रष्टाचार गरेको छ,’ उनले भने, ‘उपभोक्ताका किर्ते हस्ताक्षर गरी नगरपालिकाबाट रकम भुक्तानी दिएको छ ।’ उपभोक्ता समितिले लागत स्टिमेटभन्दा कम काम गरेको उनी बताउँछन् । ‘समितिमा रहेका जिम्मेवार व्यक्तिहरु मिलेर लागत भन्दा कम काम गरेका छन्,’ उनले भने, ‘यहाँका अधिकांश उपभोक्तालाई झुक्याएर अनियमितता गरेको छ ।’

विदेशमा रहेका व्यक्ति र बाल उद्यान निर्माणमा संलग्न नभएका व्यक्तिहरुको किर्ते हस्ताक्षर गरेर उपभोक्ता समितिले नगरपालिकाबाट भुक्तानी लिएको स्थानीय वासिन्दा हिक्मत विष्टले बताए ।‘उपभोक्ता समितिले विदेशमा रहेका तथा काममा संलग्न नरहेका व्यक्तिहरुले काम गरेको भनेर भुक्तानी लिएको विवरण नगरपालिकामा पेश गरेको रहेछ,’ उनले भने, ‘मैले पनि १० दिन बाल उद्यान निर्माणमा काम गरेको हुँ, मलाई प्रति दिन ६ सय रुपैयाँ दियो तर नगरपालिकामा पेश गरेको विवरणमा प्रति दिन ७५० का दरले रकम भुक्तानी लिएको र ३१ दिन काम गरेको देखाएको छ ।’
उपभोक्ता समितिका पदाधिकारीले विदेशमा रहेका सुरेन्द्र खडायत, जयसिंह नेगी, प्रकाश ऐडी, रमेश चन्दले ३१ दिनसम्म काम गरेको देखाएर १५ हजार ५ सय रुपैयाँ भुक्तानी लिएको विवरण नगरपालिकामा पेश गरेको उनी बताउँछन् । ‘६र७ दिन काम गर्ने उपभोक्ताहरुलाई झुक्याएर हस्ताक्षर गर्न लगायो,’ उनले भने, ‘स्थानीयहरुले हस्ताक्षर गरेको कागजमा ३१ दिन काम गर्नुका साथै १५ हजार ५ सय रुपैयाँ भुक्तानी लिएको देखाएको छ ।’ स्थानीय धनबहादुर धानुकले बाल उद्यान निर्माणमा ७ दिन काम गरेका थिए । तर, नगरपालिकामा पेश गरेको विवरणमा उनले ३१ दिन काम गरेर १५ हजार ५ सय भुक्तानी लिएको उल्लेख छ । ‘मैले ७ दिन काम गरेको हुँ, मलाई उपभोक्ता समितिले ६ सय रुपैयाँ प्रति दिनका हिसाबले पैसा दियो,’ उनले भने, ‘मलाई ४ हजार २ सय दिएर बाँकी रहेको रकम उपभोक्ता समितिका पदाधिकारीले खायो ।’ बाल उद्यान निर्माण उपभोक्ता समितिले नगरपालिकामा पेश गरेको विवरणमा ६१ जनाले ३१ दिन काम गरि प्रत्येक उपभोक्ताले १५ हजार ५ सय रुपैयाँ भुक्तानी लिएको देखिन्छ । तर, अधिकांश उपभोक्ताले आफूहरुले ३१ दिन काम नगरेको बताएका छन् ।
बाल उद्यान निर्माण आर्थिक अनियमितता नगरिएको उपभोक्ता समितिका सचिव राजेन्द्र चन्दले बताए । ‘हामीले आर्थिक अनियमितता गरेका छैनौं,’ उनले भने,‘कागजी पक्रिया पूरा गर्नका लागि केही व्यक्तिका नाममा किर्ते हस्ताक्षर गरि कागज मिलाएका हौं ।’ मेसिनले काम गरेको ठाउँमा उपभोक्ताले काम गरेको देखाउनका लागि किर्ते हस्ताक्षर गरेको उनी बताउँछन् । ‘केही काम हामीले मसिनद्धारा गरेका थियौं,’ उनले भने, ‘त्यो काम स्थानीयले गरेको देखाउन किर्ते हस्ताक्षर गरेका हौं ।’

प्रतिक्रिया दिनुस