कञ्चनपुर साउन २५ । शुक्लाफाँटा नगरपालिका कार्यालयको सभाहलमा भारतबाट आएकालाई राखेपछि कर्मचारीहरु आन्दोलित भएका छन् । कोरोना भाइरसको संक्रमण जोखिम कायमै रहेको अवस्थामा नगरपालिकाको सभाहलमा ११ जना लाई राखेपछि जोखिम बढेको भन्दै आइतबार कर्मचारीहरु आन्दोलित भएका हुन् ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशन सिंह थापाले विना योजना नगरको सभाहलमा भारतबाट आएकाहरुलाई चेकजाँच बिना राखेकोले सेवाग्राही तथा कर्मचारी असुरक्षित भएको बताएका छन् । उनले भने “सेवाग्राहीलाई सेवा प्रवाह गर्ने मामिलामा कुनै अवरोध हुन्न ।” तर यता नगर प्रवक्ता जगत बहादुर सिंहले शनिवार राती साढे १२ बजे नगरभित्रका नागरिकहरु बजारमा पुगेपछि आपतकालीन अवस्थामा नगरको सभाहलमा राखिएको बताए । आज सबैको चेकजाँच गरि उचित व्यवस्थापन गरिने उनले बताएका छन् । कर्मचारीहरुले असुरक्षा बढेको भन्दै सेवा दिन नमानेपछि सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुस