जय बहादुर ऐर,कञ्चनपुर ,झलारी , साउन २४ । नेपाल किसान संघ कंचनपुरले मनायो ६९औं स्थापना दिवस मनाएको छ । नेपाली कांग्रेसको मातृ संघ नेपाल किसान संघ कंचनपुरले आफनो ६९औं स्थापना दिवस मनाएको हो ।

संघको जिल्ला कार्यसमितिको आयोजनामा वेतकोट नगरपालिकाको ७ रौटेलामा विविध कार्यक्रम गरि दिवस मनाएको हो।स्थापना दिवसको शुभ अवसरमा रौटेला वृद्वाश्रममा रहेका वृद्ध वृद्धालाई फलफुल वितरण गरिएको नेपाल किसान संघका जिल्ला सचिव करन सिंह ऐरले वताए।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कंचनपुरका सभापति हरि प्रसाद वोहराले किसान संघको स्थापना जटिल अवस्थामा हुदा पनि संघले किसानका आवाज वुलन्द गरेको थियो।

भुमि सुधारको मुद्वा उठान गर्दा तत्कालीन सरकारले संघलाई नै प्रतिवन्घ लगाएको थियो।नेपाल किसान संघले निरन्तर किसानका पक्षमा आवाज उठान गर्दानै कृषि क्षेत्रमा केही आशाका किरण देखिएको नेता वोहराले जनाए।उनलेभने देश कोरोना महामारीको चपेटामा परेकावेला मुलुकलाई खाध्य संकटवाट जोगाउन नेपाली किसानकै उत्पादनले हाम्रो साख जोगायो।

अब वैदेशिक रोजगारि वाट फर्केका युवालाई समेत कृषि क्षेत्रमा जोड्नुनै अहिलेको आवश्यकता रहेको वताउदै जिल्ला सभापति वोहरालेभने देशमा दुई तिहाईको सरकार छ।किसानलाई मल उपलव्ध गराउन सक्दैन कहि कतैबाट एक कठ्ठा मल ल्याउदा अवैधानिक भनेर किसानलाई कार्वाही गर्नु चिन्ताजनक रहेको नेता वोहराले वताए। नेपाल किसान संघका केन्द्रिय सदस्य शेर वहादुर साउदले कृषक र कृषि क्षेत्रको विकास विना देशको समृद्धि को कल्पना गर्न नसकिने भन्दै माहामानव वि।पि।ले २००८सालमा नेपाल किसान संघको स्थापना गरेको थियो।

कृषि क्षेत्रमा आमुल परिवर्तन विकासको लागि किसान आयोगमा भानु सिंह सिग्देल लगायतको भुमिका अविश्मणिय रहेको नेता साउदले वताए।कार्यक्रममा नेपाल किसान संघका केन्द्रिय सदस्य नारायण पंतले कृषि क्षेत्र सम्भावना वोकेको क्षेत्र हो।कृषकको धेरै ठुलो सघर्स ले नै यो पेसा सम्मानित वन्न पुगेकोहो।कृषि क्षेत्रका नक्कली किसान विचौलियाका कारण सोचेजति विकास हुन नसकेको नेता पंतले जनाए।नेपाल किसान संघका जिल्ला सभापति भैरव सिंह ऐरको सभापतिको संचालित कार्यक्रममा स्वागत मन्तव्य उपसभापति मान सिंह भण्डारी गरेका थिए।कार्यक्रममा संघका सह(सचिव खेमराज ऐरि पाली कांग्रेस पार्टी वेतकोट सभापति पुष्प राज भट्ट लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुस