कञ्चनपुर साउन २४ । कञ्चनपुरका मुक्त हलिया परिवारलाई शनिबार राहत सामग्री वितरण गरिएको छ । शुक्लाफाँटा नगरपालिकामा कार्यक्रम गरी राहत वितरण गरिएको हो ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपु र राष्ट्रिय हलिया महासंघको आयोजनामा गरिएको राहत वितरण कार्यक्रममा शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाका गरी ४५ जना मुक्त हलियालाई राहत सामग्री वितरण गरिएको हो ।

राहत सामग्रीमा चामल ३० किलो, दाल चार किलो नुन दुई किलो, चिनी दुई किलो र सावुन तीन वटाका दरले वितरण गरिएको मुक्त हलिया समाजका अध्यक्ष शिवि लुहारले बतानुभयो।

मजदुरी गरी साँझ विहानको छाक टार्ने मुक्त हलिया परिवारलाई राहत वितरणको कार्य गरिएको उनको भनाई रहेको छ ।
यस अघि समेत मुक्त हलिया परिवारलाई समाज र महासंघको पहलमा राहत सामग्री वितरणको कार्य गरिएको थियो ।

प्रतिक्रिया दिनुस