कञ्चनपुर, २४ साउन । नेकपा विप्लब कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका ७ नं वडा कार्यालयमा भएको आगजनीमा पार्टी र नेता कार्यकर्ताको संलग्नता नभएको जनाएको छ । नेकपा विप्लप कञ्चनपुरले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा पार्टी र नेता कार्यकर्ताको कुनै संलग्नता नभएको हुँदा हुदै पनि पार्टीको नाम मुछिएको प्रति आपत्ति जनाएको छ ।

आगजनीको आरोपमा सर्वसाधराण किसान हिक्मत चौधरीको गिरफ्तारी प्रति र नेता कार्यकर्ताको नाममा किटानीप्रति आपत्ति जनाएको छ । पक्राउ गरिएका चौधरीको रिहाईको माग गरेका छन् । नेकपा कञ्चनपुरका इन्चार्ज सहदेवद्धारा हस्ताक्षरित विज्ञप्तिमा सर्वसाधारण चौधरीको रिहाईको माग गरिएको छ ।
कोरोनाका कारण संघर्षका सबै कार्यक्रम स्थगित गरिएको जनाउदै संघर्षका प्रत्येक घटनाको जिम्मेवारी लिएको र घटनामा पार्टी नेता कार्यकर्ताको कुनै संलग्नता नरहेको जनाएको छ । यता कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धन भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुस