काठमाण्डौं साउन २३ ।  सिमा अतिक्रमण र राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा निरन्तर सर्घषमा नेकपा क्रान्तिकारी माओवादी रहेका छ । बिहिबार क्रान्तिकारी माओवादीपार्टी र पार्टी निकटका मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल देजमो र जन बर्गीय संगठन(जवस) र मोर्चा संगठन ३ नम्बर प्रदेशको संयुक्त आयोजनामा माइतीघर मण्डलामा विरोध सभा सम्पन्न भएको छ ।

सिमा अतिक्रमण र विवादलाई अन्तर्राष्ट्रियकरण गर्न, राष्ट्रघाती एमसीसी सम्झौताको विरोध भण्डाफोर गर्न, कोभिड–१९ को उपचार प्रक्रियामा भएको सरकारी उदासिनता, बढ्दो महङ्गी, तस्करी र भ्रस्टाचारको विरोध, भुमी तथा संस्कृति माथिको अतिक्रमण, मजदुर कटौती र मजदुर विरोधी सम्झौताको विरोध,चौरजहारीमा भएको अमानवीय हत्याकाण्ड र सुकुम्बासी बस्तिमा गरिएको आगजनीको विरोध, लैङ्गिक हिंसा, शैक्षिक क्षेत्रमा मौलाएको निजीकरण र माफियाकरणको विरुद्ध उक्त विरोध सभाको आयोजना गरिएको हो ।

नेकपा(क्रान्तिकारी माओवादी) ३ नम्बर प्रदेश सेक्रेटरी क।प्रवेशले सञ्चालन गरेको विरोध सभालाई देजमो अध्यक्ष सिपि गजुरेल, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्र.डा.ओम गुरुङ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुस