केशव महरा ,कञ्चनपुर साउन २९ । कञ्चनपुर बजारको सब्जीमण्डी नजिकै प्रेसर कुकर बम भेटिएको छ । बुधबार राति २ बजे भेटिएको बमलाई बिहान नेपाली सेनाको टोली निष्क्रिय गरेको छ ।

सब्जीमण्डी रोडको भानु पार्टी प्यालेश नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम भेटिएको हो । बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बमसंगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाएको बताए ।

‘राति २ बजे बम भेटिएको हो, अहिले विहान ६ः५० बजे नेपालीसेनाको टोलीले निष्क्रिय पारियो’ उनले भने,‘बमसंगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाइएको छ ।’

प्रतिक्रिया दिनुस