विकास सिह महता,
कञ्चनपुर साउन २९। नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढिरहेका बेला सरकारले सबै जिल्लामा सवारी पास रद्द गरेको छ । एक जिल्लाबाट अर्को जिल्ला प्रवेसमा समेत रोक लागेका बेला भारतबाट नेपाल कञ्चनपुर महेन्द्रनगरमा धमाधम फलफुल तरकारीका लगाउतका समान भित्रिदै गरेको पाईएको छ ।

भारतका विभिन्न शहरबाट सिधै उतैका नागरिक सवारी साधनसहित नेपाल भित्रिन लागेपछि सत्ताधारी नेकपाका विद्यार्थी संगठन आन्दोलित भएका छन । बिहीबार बिहानै भारतको महाराष्ट्रबाट एमपोटीएचबि ५६५२ नम्बरको हेभिट्रक केरा बोकेर महेन्द्रनगरको बालाजु फुट सेन्टरमा पुगेपछि अनेरास्ववियूका विद्यार्थी नेताहरु आन्दोलित भएका हुन् ।

अनेरास्ववियू कञ्चनपुरका नेता कैलाशचन्द्र गिरीले कोरोना रोकथामका लागि सरकारले अपनाएका मापदण्ड विपरित केही व्यक्ति समुहले सेटिङ्गमा फलफुल तरकारी लगायतका समान धमाधम आयात भईरहेको बताए । ‘नेपाली नागरिकले आफ्नै देश नेपालमा आउँदा सीमा क्षेत्रमा अनावश्यक खानतलासी गर्दछ, ‘उनले भने, ‘भारतबाट धमाधम ट्रकका ट्रक उतैबाट नागरिक सहित आएका छन् ।’ अनेरास्ववियूका अर्का नेता रमेश पन्तले कञ्चनपुर उद्योग वाणिज्य संघ र प्रहरीको मिलोमतोमा कोरोना भि¥याउने काम भएको आरोप लगाए छन ।

विधार्थिको बिरोधपछि प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको थियो । फुट सेन्टरका संचालकहरुले भने अरु दिन पनि आईरहेको बताउदै गुलरियाबाट पल्टी नगरेरै संघ र प्रहरीसंग समन्वय गरेर सिधै ल्याएको बताएका छन् । स्थानीयले भारतबाट आउने चालक, सवारी साधन भित्रिदा कञ्चनपुरमा जोखिम बढ्ने भएकाले त्यसतर्फ समेत ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुस