कञ्चनपुर साउन ३० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १- गणेशपुरमा रहेको सिद्ध बैजनाथ सामुदायिक वनले आर्थिक रुपमा बिपन्न एकल महिलालाई तरकारी खेतिका लागि आर्थिक सहयोग गरेको छ ।
आफ्नै बारीमा तरकारी खेति गरेर घर खर्च चलाउन सहयोस होर भन्ने उदेस्यले सिद्ध बैजनाथ सावले तरकारी खेतिको लागि बिउ बिजन किन्न आर्थिक रुपमा सहयोग होस भनि समुदाय भित्रका सदस्य रहेका गाउँका एकल महिलालाई प्रति व्यक्ति ३ हजारका दरले आर्थिक सहयोग गरेको छ ।
कोरोना भाईरसले घर खर्च समेत चलाउन समस्या भएको र समुदायका एकल महिलाको जिवन स्थार माथि उठाउन आर्थिक रुपमा सम्पन्न गर्दै आत्मार्निभर बनाउनको लागि सामुदायिक वनको कार्यबिधि अनुसार सामुदायिक वनको आफनै श्रोतबाट गाउँका बिपन्न एकल महिला लाई ३ हजारका दरले २५ महिला र १ जना टुहरा बालक गरी जम्मा २६ जनालाई ७८ हजार आर्थिक सहयोग गरेको सिद्ध बैजनाथ सामुदायिक वनका अध्यक्ष नरेन्द्र ऐरले बताए ।शुक्रबार हार्थिक सहयोग हस्तातरण गरिएको हो । सहयोग हस्तातरण कार्यक्रममा शुक्लाफाँटा नगरपालिका वार्ड न १- का अध्यक्ष हरिश बहादुर बिष्ट र वार्ड सदस्य प्रमान्न जोशी उपस्तिथि रहेको थियो ।