कञ्चनपुर साउन ३१ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी दलति महिला वडा सदस्य आशा ताम्राकारमाथि स्थानीयले दुव्र्यवहार गरेका छन्। शुक्रबार राती कृष्णपुर नगरपालिका ६ मौरीफाँटास्थित आफ्नै घरमा रहेका बेला स्थानीय दिपक ओड, कालु ओड लगायतको समुहले अपशब्दसहित गाली बेइज्जती संगै हातपात समेत गरेको नगरपालिका समाचार श्रोतले जनाएको छ।

‘चिरपटले आक्रमणको प्रयास समेत भएको छ,’ नगर प्रमुख कर्ण हमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘एक गरिब विपन्न परिवारकी सदस्य तथा कृष्णपुर नगरपालिका ६ की सदस्यलाई रातीको समयमा घरमै गएर अभद्र व्यवहार गरेको घटनाले नगरपालिका दुखित भएको छ।’ नगर प्रमुख हमालले दोषीमाथि कारवाहीको माग समेत विज्ञप्तीमार्फत गरेका छन्।

प्रतिक्रिया दिनुस