कञ्चनपुर ८,भाद्र। सुदूरपश्चिम प्रदेशका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालामा एक हजार एक सय ६ जनामा गरिएको परीक्षणमा ५७ जनाको रिपोर्ट पोजिटिभ र एक हजार ४९ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालद्धारा जारी गरिएको विज्ञप्तिका अनुसार कैलालीका ४७ जना, कञ्चनपुरका ९ जना र बैतडीका एक जनामा कोरोना पुष्टि भएको छ । कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टिकापुर नगरपालिकाका आठ जना, गौरीगंगा नगरपालिकाका सात जना र जानकी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिकाका आठ जना, महाकाली नगरपालिकाका एक जना र बैतडीको आर्मी क्याम्पका एक जनामा कारोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुस