काठमाडौँ, भदौ १५। नेकपा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रियसदस्य उमा भुजेल आइतबार रिहा भएकी छन ।बन्दीप्रत्यक्षीकरणाको रिट निवेदनमाथि सुनुवाइ गर्दै आइतबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै भुजेल रिहा भएकी हुन् ।

उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको रिट उपर सुनुवाई गर्दै न्यायधीसद्वय दीपककुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले उनलाइ गैर न्यायिक थुनाबाट रिहा गर्न आदेश दिएको थियो ।

नेतृ भुजेललसँगै सुमनसिहं पौडेल पनि रिहा भएका छन । भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ २ गते साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । तर रिहा हुनासाथ अदालत परिसरबाटै गिरफ्तार गरि झण्डै एक बर्षदेखि जेल तथा हिरासतमा रहेकी नेतृ भुजेललाई मास्क नलगाई हिँडेको मुद्धा सप्तरी प्रहरीले चलाएको देखिएको थियो ।

रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना, चिरन्जीवी ढकाल, पंकज कुमार कर्ण, सन्तोष कोईराला, राजु अधिकारी, खिमानन्द अधिकारी, चुडाबहादुर निरौलाले बहस गरेका थिए ।

आदेशमा पहिले देखि नै निरन्तर थुनामा रहेका व्यक्तिलाई विना कारण फरक आस्था र विचारकै कारणले पक्राउ गर्ने र अनुसन्धान गर्ने कार्य न्यायिक दृष्टिले औचित्यपूर्ण नदेखिएको भनिएको छ ।
भुजेल ०७६ पुष १२ गते सुनसरीबाट पक्राउ परेकी थिईन् । त्यस पछि झापा, जनकपुर, कैलाली, गोर्खा, ललितपुर, भोजपुर, संखुवसभा हुदै पुनः सुनसरी पछि सप्तरी लगिएको थियो ।

प्रतिक्रिया दिनुस