विकास सिह महता,
कञ्चनपुर, भाद्र १५ ।कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा आईसियू सेवा संचालन भएकोे छ । अस्पताल स्थापनाको ५७ बर्षपछि अत्याधुनिक उपचार सघन कक्ष(आईसियू) सेवा संचालन भएको हो । आईसियू सेवा संचालनका लागि अहिले महाकाली अस्पतालमा ६ बेड सहितको भेन्टिलेटर जडान गरिएका छन ।

महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.हरि कुमार श्रेष्ठले हाल ६ बेडको आईसियू सेवा संचालनमा आएको बताउदै १० बेड पु¥याईने बताए । ‘चालु आर्थिक बर्षमै दुई करोड बजेट आएको छ, ‘उनले भने, ‘अब थप चार भेन्टिलेटर जडान गछौँ ।’ एक महिनाको अवघिमा ४३ जनाको आईसियूमा उपचार पछि निको भएर घर फर्किएका छन् । अहिले चार जनाको आईसियूमा राखेर उपचार भईरहेको छ । कोडिभ १९ का कारण सेवामा चुनौती थपिएको बताउदै उनले अस्पतालसंग भएको मौजुदा जनशक्तिबाट काम भईरहेको बताए ।

महाकाली अस्पतालले आईसियू संचालनसंगै थाईराईटको समेत नयाँ मेसिन श

व बहान र आधुनिक एम्बुलेन्स ल्याएको छ । रगतका माध्यमबाट विभिन्न प्रकारका रोग पहिचानका लागि थाईराईट मेसिन ल्याएको हो । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले अस्पताललाई प्रविधियुक्त बनाईने बताए । ‘लामो समयपछि हामी आईसियू सेवा संचालन गर्न सफल भएका छौँ, ‘उनले भने, ‘अस्पताल सुधारका लागि सबैको सहयोग अपरिहार्य छ ।’ अस्पताल सुधारकै लागि आफुले नेतृत्व लिएको बताउदै अपुग जनशक्ति उपकरण थप गरेर पनि अस्पताल सुधार गरिने बताए ।

आईसियू सेवा संचालन भएसंगै यस क्षेत्रका बिरामी लाभाविन्त हुने छन् । यस अघि आईसियू सेवा संचालन नहुँदा भारतीय अस्पताल र जिल्ला बाहिर उपचारका लागि जानुपर्ने बाध्यता थियो । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले आईसियू संचालनसंगै यस क्षेत्रका नागरिकले पाँउने स्वास्थ्य सेवाा विस्तारमा जोडदिए । ‘अस्पतालको स्तरबृद्धिका हामी हरकदम भीमदत्त नगरपलिका सहयोग गर्न तयार छ, ‘उनले भने, ‘अस्पताललाई हामीले शिक्षण अस्पताल बनाउने लक्ष्य छ ।’ अस्पताल सुधारका लागि सबै क्षेत्रको आवश्यक अपरिहार्य रहेको समेत मेयर विष्टले बताए । आईसियू सेवा, थाईराईट मेसिन र आधुनिक एम्बुलेन्सको सोमबार उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य निरुदेवी पालले अस्पताल सुधारका लागि पहल थालिने बताईन् ।

बजेटका लागि भन्दा पनि ग्राउण्ड स्तरमा नागरिकलाई स्वास्थ्य सेवा दिन उनले आग्रह गर्दै आगामी दिनमा समेत आवश्यक सहयोगको प्रतिबद्धता जाहेर गरिन् । कञ्चनपुरका जनप्रतिनिधी, प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रतिनिधीले अस्पताल सुधार अपरिहार्य भएको बताएका छन् । यस अघि अस्पतालमा बनेका व्यवस्थापन समिति कुनैपनि समितिले आईसियू संचालन गर्न नसकेको अस्पतालले जनाएको छ ।

एक बर्षयता अस्पतालमा कृष्णदत्त जोशी(बोक्सर) नेतृत्वको समितिका सदस्य कृष्णनन्द भट्ट)किरण), कौसिल्या ओझा, हरि कुमार चौधरी लगायतको व्यवस्थापन समिति आएसंगै अस्पताल सुधारोन्मुख भईरहेको छ । रिर्फर सेन्टरको रुपमा विकसित अस्पताल अहिले साच्चिकै अस्पतालको रुपमा विकसित भईरहेको नागरिक अगुवाको अनुभव छ । कोरोना महामारीसंगै अस्पतालले आधुनिक सेवा विस्तार गररेपछि बिरामी समेत हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुस