कञ्चनपुर भाद्र १५ । सञ्चालनमा नरहेको झोलामा राखिएको नक्कली विद्यालय सिफारिस गरेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टलाई नगरकार्यापालिकाले कार्बाहीको सिफारिस गरेको छ ।

शुक्लाफाँटा नगरपालिका १० – मा दर्ता भएको खप्तड शिक्षा सधन नामक निजी विद्यालयलाई शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टले बेलौरी नगरपालिका ४ -मा सिफारिस गरेका थिए ।

नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टले कार्यालय प्रमुख बिदामा रहेको मैका छोपि खप्तड शिक्षा सधनलाई सिफारिस गरेको देखिएकोले दुवैजनालाई शुक्लाफाँटा नगरकार्यापालिकाले निर्णय गरी कार्बाहीकालागि सिफारिस गरेको छानबिन समिति संयोजक तथा शुक्लाफाँटा नगर पालिका वार्ड – ४ का अध्यक्ष ज्ञानेनद्र शिह बिष्टले बताउनुभयो ।

खप्तड शिक्षा सधन विद्यालयको अहिले सम्म शुक्लाफाँट नगरपालिकामा कुनै अभिलेख छैन, ‘उनले भने, ‘भौतिक संरचना पनि छैन, यस विषयमा छानबिन गरी अभिलेख हेर्दा नगर प्रमुख र शिक्षा शाखा प्रमुख भट्टको संलग्नता देखिएको प्रस्ट आधार रहेकोले नगरकार्यापालिकाले दुवै उपर कानुनि कार्बाहीको लागि सिफारिस गरेकोे बताए ।

प्रतिक्रिया दिनुस