फर्जी विद्यालय बेचबिखन गर्न संलग्नमाथि कार्बाही गर्नका लागि आन्दोलनरत पक्ष र नगरपालिका विच भएको सहमती कार्यान्वयन गर्न नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ले अनुरोध गरेको छ । नेकपा शुक्लाफाँटा नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै फर्जी विद्यालय बेचबिखनमा संलग्न कर्मचारीलाई कार्बाहीका लागि छानबिन समिति, नगर प्रमुख स्वयम दिल बहादुर ऐरले प्रतिबद्धता सहित सहमती गरेपनि अहिले आएर हालटाल गरिरहेको जनाएको छ । नगरपालिकाद्वारा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनको सिफारिस विपरित नगरप्रमुखले जारी गरेको विज्ञप्ती प्रतिबद्धता विपरित भएको नेकपाले ठहर गरेको हो ।

नेकपाले फर्जी विद्यालय बेचबिखनमा संलग्न कर्मचारीलाई कार्बाहीको साटो नगर प्रमुखले संरक्षण गरिहेको दावि गर्दै नगरप्रमुखको ध्यानाकर्षण गराईएको छ । नेकपा शुक्लाफाँटाका अध्यक्ष झक्तराज जोशी र सचिव देवदत्त भट्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा तीन दिनभित्र कार्बाहीका लागि सिफारिस नभए आन्देलनको चेतावनी दिएको छ ।

नगरप्रमुख ऐरले विज्ञप्ती जारी गर्दै खप्तड शिक्षा सधन स्थानान्तकरण खारेजी जनाएका थिए । आन्दोलनरत पक्ष र नगर प्रमुख ऐरविच छानबिन समितिले उक्त प्रकरणमा संलग्न दोषिमाथि हदैसम्म कानुन अनुसार कार्बाहीका लागि सिफारिस गर्नुपर्ने, सम्बन्धीत कर्मचारीले छानबिन अवधिसम्म कार्यालयको काम कार्बाही गर्न नपाउने, विद्यालयको दर्ता खारेजी, दोषि उपर कानुन बमोजिम कार्बाही नगरिए, विद्यालय खारेजीका लागि सम्बन्धीत निकायमा सिफारिस नगरिए छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेकै दिन आन्दोलन गर्नेै सहमती भएको थियो । शुक्लाफाँटा नगरपालिकाबाट संचालनमै नआएका, दर्ता भएर केही दिन संचलान आएका निजी विद्यालय बेचबिखन भईरहेको घटनाले नगरपालिकाका जिम्मेबारी कर्मचारी पदाधिकारी गैर कानुनी काममा संलग्न भएको स्थानीयको बुझाई छ ।

प्रतिक्रिया दिनुस