कञ्चनपुरका युवाहरुले बेदकोट नगरपालिमा रहेको रौटेला बृद्धआश्रममा खाद्यान्न सहयोग गरेका छन् । हाम्रो मित्रता युवा समाजका युवाहरुले बिहीबार रौटेल बृद्धआश्रममा खाद्यान्न सहयोग गरेका हुन् ।

कञ्चनपुरका विद्यार्थी नेता समेत रहेका युवा हरिस ऐरीले कोडिभ १९का कारण खाद्यान्न समस्या भएका असाहय क्षेत्रमा खाद्यान्न र फलफुल वितरण गरिएको बताए । उनका अनुसार ५० किलो चामल र ५ दर्जन केरा विवतरण गरिएको छ । ‘कोडिभबाट समस्या भएका बृद्धआश्रममा खाद्यान्न र फलफुल वितरण गरेका हौँ, ‘उनले भने, ‘हाम्रो सहयोगबाट अनाथालयमा केही राहत पुगोस ।’ हाम्रो मित्रता युवा समाजका अध्यक्ष राकेश एसके, सल्लाहकार ललित एसके सहित पदाधिकारी, सदस्य लगायत समाजसेवि युवाको सहभागिता रहेको थियो । खाद्यान्न र फलफुल पाएसंगै आश्रममा बस्दै आएका स्थानीय हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुस