प्रेम रावल

‘फर्जी’ आकासे बोडिङ्ग स्कुल बेचबिखनमा संलग्न कर्मचारी जनप्रतिनिधीलाई संरक्षण गर्न खोजिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शुक्लाफाँटा नगरपालिका बिरुद्ध आन्दोलन गरेको छ । खप्तड शिक्षा सदन बेचबिखनमा संलग्न ‘जनप्रतिनिधी र कर्मचारी’ माथि नगरपालिकाले कार्बाहीको साटो अपराध लुकाउन उद्यत भएको भन्दै नेकपा शुक्लाफाँटा नगर कमिति आन्दोलित भएको हो । बुधबार नेकपा शुक्लाफाँटा नगर कमिटिले झलारीमा बिरोध प्रर्दशनका साथै नगरपालिका कार्यालयमा धर्ना र बिरोध कोण सभा आयोजना गरेर दोषि उपर कार्बाहीका लागि ताकेता गरेको छ नेकपा शुक्लाफाँटा नगरका स्थानीय नेता एव अनेरास्ववियू कञ्चनपुरका नेता अर्जुन भट्टले बोडिङ्ग स्कुल बेचबिखनमा संलग्नमाथि कार्बाहीको साटो संरक्षण गर्न खोजिएको भन्दै दोषि उपर कार्बाहीका लागि नेकपाले आन्दोलन गरेको बताए ।

‘विद्यालय बेचबिखन प्रकरणमा छानबिन समितिले तयार पारेको प्रतिवेदन मेयर स्वयम दिल बहादुर ऐरले कार्यान्वयनका लागि आलटाल गरेका छन, ‘उनले भने, ‘प्रतिवेदन कार्यान्वयनकै लागि आन्दोलन भएको हो ।’ नेकपा स्थानीय नेता कार्यकर्ताले शिक्षा क्षेत्रजस्तो सम्वेदनशिल विषयमा घात मात्र होईन महाअपराध भएकाले संलग्नमाथि कानुनी कार्बाही गर्नुपर्ने माग अघि सारेर प्रर्दशन सहित बिरोध कोण सभामा अभिव्यक्ति दिएका छन् । कोण सभामा नेकपा शुक्लाफाँटा नगर कमिटि अध्यक्ष भक्तराज जोशी, नेकपा क्षेत्र नम्बर २ सयोजक रण बहादुर महरा लगायतले कोण सभा सम्बोधन गर्दै विद्यालय बेचबिखन प्रकरणमा मुछिएका सबैलाई कानुनी कार्बाही गर्नुपर्ने बताएका छन् । नेकपा नेता कार्यकर्ताहरुले सम्बन्धीत कर्मचारी जनप्रतिनिधीले विद्यालय बेचबिखन गरे बाफत मोटो रकम घुस खाएको आरोप लगाएका छन् । खप्तड सहित अर्को विद्यालय शुक्लाफाटा नामक सहित धेरै विद्यालय शुक्लाफाँटाबाट ठाँउसारी दिएर शैक्षिक माफिया दलालिकरण भएको समेत बताएका छन् । समान्य किराना पसल दर्ताको पनि ठाँउसारी नहुने भएपनि निजी विद्यालय ठाँउसारीका नाममा कारोबार भईरहेको स्थानीयको दुखेसोछ । छानबिन समितिको प्रतिवेदनका आधारमा शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टलाई हाजिर मात्रै लगाउन दिने निर्णय गरिएको छ । विद्यालय बेचबिखन प्रकरणमा शुक्लाफाँटा नगरपालिकाले प्रकृया अघि बढिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुस