कैलाली भाद्र ,२६, कैलालीमा रहेको दिनेश खवरको दिनेश सञ्चार गृह भित्र प्रवेश गरेर केहि अराजक युवाहरुको समुहले सञ्चार गृहमा रहेका पत्रकारमाथि कुटपिट गरेका छन ।

शुक्रवार दिउँसो करिब १०/ २० जनाको समूहले दिनेश सञ्चार गृह सह सम्पादक जनक बिष्टमाथी सञ्चार गृहमै प्रवेश गरेर कुटपिट गरेका हुन् ।व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात भएको छ।

धनगढी उपमहानगरपालिका १ बाट पक्राउ परेका १९ वर्षीय रोशन विक शुक्रबार जिल्ला प्रहरी कार्यालय भित्र रहेको थुनुवा कक्षमा मृत फेला परेका थिए । प्रहरी प्रमुखले नै उनले आत्महत्या गरेको दाबी गरेका थिए ।

उक्त समाचार हटाउन दबाब दिँदै अराजक युवाहरुको समुहले कुटपिट गरिएको हो । सञ्चार क्षेत्रमा कार्यरत पत्रकाहरुले सामाजिक सञ्जाल मार्फत पत्रकार माथी सञ्चार गृह भित्र प्रवेश गरेर कुटपिट गर्ने समुहको खोजी गरेर कावाहिको माग गरेका छन ।

प्रतिक्रिया दिनुस