कञ्चनपुरको भीमदत्त नगरपालिका १८ शुभकामना टोल विकास समितिको बैठकले विभिन्न निर्णय गरेको छ । शुक्रबार शुभकामना टोल विकास समितिका अध्यक्ष सुन्दर नेपालीको अध्यक्षतामा बसेको बैठकले टोल विकास समितिको अवधि समाप्त भएकाले यसलाई विघटन गर्ने निर्णय गरिएको छ ।

०७० सालदेखि ०७४ सालसम्म धन बहदुर चन्द र गोबिन्द जोशी अध्यक्ष भएको बैठकको निर्णय गरेर स्पष्ट पार्दै अध्यक्ष भनिएका जित बहादुर सुनार हालसम्म कुनै समितिको अध्यक्ष नभएको जनाईएको छ ।

कोषाध्यक्ष भुन्टि चौधरी र उपअध्यक्ष शान्ति टमाटालाई समेत आधिकारिक जानकारी नभएकोले विभिन्न मिति देखाएर आएको निवेदन थाहा नभएको निर्णय गरिएको छ । टोल विकास समिति गठनको लागि नगरपालिकासंग समन्वय गरि टोलबासीलाई सूचना गरि आम भेला मार्फत टोल गठन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुस