विकास सिह महता

काँग्रेस निकट नेपाल शिक्षक संघले दरबन्दी मिलानको यथास्थितिमा रोक्न माग अघि सारेको छ । शिक्षक संघले कञ्चनपुरमा दरबन्दी मिलान उदेश्य र मर्म विपरित भईरहेको आरोप लगाउँदै रोक्न माग गरेको हो । शिक्षक संघ कञ्चनपुरले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै राहत शिक्षकमाथि ठूलो विभेद र अन्याय हुने निजी स्रोतका शिक्षकहरुमाथि अन्याय भएको ठहर गरिएको छ ।

पूर्वाग्रही ढङगले प्रअ व्यवस्थापनका नाममा गर्न खोजेको चलखेलप्रति आपत्ति जनाउँदै अहिलेको प्रतिकुल परिस्थिममा कञ्चनपुरमा दरबन्दी मिलानका नाममा भईरहेको गतिबिधीमा संघले असहमती जनाईएको छ । शिक्षक संघका सचिव नविनसिह धामी र अध्यक्ष गणेश बहादुर चन्दद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संघीय शिक्षा ऐन अहिलेसम्म आउन नसकेको अवस्था, विद्यालय कर्मचारी, बालविकास शिक्षकको तलब भत्ता अझै नढेको परिवेस र अनुदान शिक्षकले तलब निकासाको माग सहित गरिएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै यथाशिघ्र माग गरिएको छ । पूर्वाग्रही ढङले शिक्षकमाथि अन्याय गरिए नेपाल शिक्षक संघ नेपाली शिक्षकको पक्षमा आन्दोलन गर्ने चेतावनी दिईएको छ ।

प्रतिक्रिया दिनुस