रोहित गिरी  ,कञ्चनपुर भाद्र २६ ।  प्रतिनिधी सभा सदस्य संसद नर बहादुर धामीको पहलमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा थप शैक्षिक कार्यक्रम संचालन हुने भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय स्थापना भएको दोस्रो बर्षमै थप नयाँ शैक्षिक कार्यक्रम संचालन हुने भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वचित संसद धामीले चुनावका जनतासंग गरेका बाचा अनुरुप निर्वाचन जितेपछि शुक्लाफाँटा नगरपालिकामा बहुप्रादेशिक प्राविधिक शिक्षालय ल्याएका थिए । प्रतिनिधी सभा सदस्य नर बहादुर धामीका स्वकीय सचिव अर्जुन भट्टले संसदकै पहलमा थप चार नयाँ कार्यक्रम चालु शैक्षिक शत्रबाट संचालन हुने बताए । स्वकीय सचिव भट्टका अनुसार संसद धामीले सिटिईभिटीई सहितका निकायमा पहल गरेपछि यस बर्षदेखि चार कार्यक्रम स्वीकृत भएको बताए ।

‘संसद ज्यूकै अथक प्रयासबाट शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा चार कार्यक्रम स्वीकृत भएका छन, ‘स्वकीय सचिव भट्टले भने, ‘कोडिभले विद्यालय संचालन हुन नसकेको मात्रै हो ।’ संसद धामीका स्वकीय सचिव भट्टका अनुसार डिप्लोमा ईन फार्मेसी, डिप्लोमा ईन अटोमोवाईल ईन्जिनियरिङ्ग, डिप्लोमा ईन हाईड्रोंईन्जिनियरिङ्ग, डिप्लोमा ईन एग्रो ईन्जिनियरिङ्गका नयाँ कार्यक्रम आएका हुन् ।

यस अघि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्ग र डिप्लोमा ईन मेकानिकल ईन्जिनियरिङ्ग मात्रै थिए । विद्यालय संचालन भएसंगै नयाँ शैक्षिक कार्यक्रम संचालन हुने शिक्षालयले जनाएको छ । यस क्षेत्रका विद्यार्थीको मर्कालाई ध्यानमा राखेर सुदूरपश्चिम प्रदेश कञ्चनपुरको क्षेत्र नम्बर २ शुक्लाफाँटा नगरपालिका झलारीमा यसरी प्राविधिक तर्फको शिक्षालय स्थापनाका लागि संसद धामीले पहल गरेपछि विद्यार्थी अभिभावक हर्षित भएका छन् । संसद धामीको कामबाट क्षेत्र नम्बर २का जनता खुसी भएका छन् । अहिलेसम्म कुनैपनि संसदले नगरेको नौँलो शैक्षिक क्रान्तिकारी परिर्वतन भन्दै धन्यवाद प्रकट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुस