मास्क, सेनिटाईजर वितरण सहित जनचेतना फैलाईदै

खडक कोली

कञ्चनपुर भाद्र २६ ।  कोरोना रोकथामका लागि कुमारी बैक लिमिटेडले समाजिक अभियान संचालन गरेको छ । कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय महेन्द्रनगरले कोरोना रोकथामका लागि समाजिक अभियान संचालन गरेको हो । शुक्रबार बैंकले महेन्द्रनगर बजारमा जनचेतना सहित स्वास्थ्य समाग्री वितरण गरेको छ ।

कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख दिपक खनालले समाजिक उत्तरदायित्व अन्र्तरगत बजारमा मास्क र हेण्ड सेनिटाईजर वितरण गरिएको बताए । ‘पछिल्ला दिनमा बजारमा मास्क नलगाईनकै मानिसहरु आईरहेका छन, ‘उनले भने, ‘मास्क भएपनि फोहोर, मुख र नाक नछोपिने हिसाबले लगाईरहेका छन्, यसबाट जोखिम बढ्ने भएकाले सचेत गराउन उनीरुलाई मास्क, सेनिटाईजर र सचेत गराईरहेका छौँ ।’ ब्यानर सहित हेण्ड प्लेटकार्ड र नागरिकलाई समेत गराईन लागेको छ ।

करिब ७ सय मास्क र १ सय ५०थान हेण्ड सेनिटाईजर सहित सचेतना फैलाईएको छ । कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख खनालले प्रदेशभरी रहेका १८ शाखा मार्फत समेत सचेतनाका कार्यक्रम संचालन गरिने बताए । यस अघि गत बैशाखमा बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १०लाख रुपैया सहयोग गरेको थियो । बैंकले आगामी दिनमा समेत समेत सचेतनाका कार्यक्रम संचालन गर्ने जनाएको छ । बैंकको उक्त कार्यप्रति स्थानीयले समाजिक कार्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुस