कैलाली ,भाद्र २५ । शिक्षण सिकाई अनुदान कोटामा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई कैलालीमा तालाबन्दी गरेका छन्। सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफूहरूको तलब निकासा सहितका माग राखी बिहिबार तालाबन्दी गरेका हुन ।

शिक्षण सिकाई अनुदानको रकम निकासा नगरिएकोले सोही विषयमा गत साउनमा शिक्षा इकाईमार्फत शिक्षामन्त्रीलाई ध्यानाकर्षण बुझाइए पनि हालसम्म कुनै प्रतिक्रिया नआएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेका अनुदान शिक्षक समिति कैलालीका संयोजक नन्दराम चौधरीले बताए ।पटक–पटक सम्बन्धित निकायमा नआएको भन्दै उनीहरू आन्दोलित भएका छन् ।

सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अङ्ग्रेजी , गणित र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरवन्दि भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो ।

‘यो वर्ष कोरोनाको कारण जनाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम हो,उनले भने निजी क्षेत्रलाई कर्मचारीको रोजगारी नखोस्न निर्देशन दिई रहेको सरकारले आफै शिक्षकहरूको तलब निकासा गरेको छैन ।’

निकासा हुने नहुने त्यो पनि जानकारी आएको छैन अर्का शिक्षक बलकिर सिंह भण्डारीले भने कुनै पनि हालतमा आफूहरूलाई रोजगारबाट वञ्चित गराउन नहुने आफूहरूका मागहरूप्रति सरकारले कुनै प्रतिक्रिया नदेखाए पछि आफूहरू आन्दोलनमा जान बाध्य भएका हौ ।

कैलालीमा कार्यरत शिक्षकहरुलाइ हाल सम्म नियुक्त समेत नदिएको उनीहरूको गुनासो छ । उनीहरूले शिक्षा विकास तथा समन्वय इकाई कैलाली प्रमुख बैकुण्ड सुबेदी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै सुवेदीले मागहरू पुरा गर्न आवश्यक समन्वय गरिने बताए ।सामुदायिक विद्यालयका अनुदान कोटामा कार्यरत शिक्षकहरूले मंगलबार शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुर ,बुधबार डडेल्धुरा शिक्षा विकास तथा समन्वय इकाईमा समेत तालाबन्दी गरेका छन ।

प्रतिक्रिया दिनुस