रोहित गिरी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा दर्ता भएको एक फर्जी विद्यालय बेचबिखन प्रकरणमा नगर प्रमुखलाई दिल बहादुर ऐरलाई माफि र शिक्षा प्रमुखलाई कार्बाहीका लागि सिफारिस गरिएको छ । बुधबार शुक्लाफाँटा नगरपालिकाको बैठकले खप्तड शिक्षा सदन निजी विद्यालय बेचबिखन प्रकरणमा जोडिएका नगर प्रमुख ऐरलाई क्षमा दिने र शिक्षा शाखा प्रमुख टेकेन्द्र राज भट्टलाई कार्बाही लागि सिफारिस गरिएको हो । ८३ औँ कार्यपालिका बैठकबाट दुई निर्णय गरिएको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ । नगरपालिकाले सार्वजनिक गरेको निर्णय अनुसार १ नम्बर निर्णयमा खप्तड शिक्षा सदन अन्यन्त्र सरी जने सहमती दिदा शिक्षा प्रमुख टिकेन्द्र राज भट्टले पशे गरेको टिप्पणी नगर प्रमुख स्तबाट सदर भएको सम्बन्धमा नगर प्रमुख ऐरले आफ्नो तर्फबाट प्रकृयागत त्रृटी भएकालेमा नगरकार्यपालिका समक्ष क्षमा मागी आगामी दिनमा आफ्नो तर्फबाट यस्ता त्रृटीहरु नहुने प्रतिबद्धता व्यक्ति गरेपछि नगर कार्यपालिकाबाट क्षमा दिने निर्णय गरिएको छ ।

निर्णय २ नम्बरमा खप्तड शिक्षा सदन अन्यत्त्र सरी जान सरुवा सहमती दिदा प्रकृयागत त्रृटि भएकालेले २१ भदौँ ०७७मा कार्यपालिका बैठकबाट शिक्षा प्रमुख भट्टलाई निजामति सेवा ऐन नियम बमोजिम कार्बाही गर्ने निर्णय भएकोम निजामति सेवा ऐन, नियम बमोजिम उपयुक्त कार्बाही हुन नेपाल सरकार, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरिएको छ । तत्तकालिन शिक्षा कार्यालय कञ्चनपुरमा दर्ता भए संचालनमा नआएको विद्यालयलाई शुक्लाफाँटा नगरपालिकाले बेलौरीमा ठाँउसारीको सिफारिस गरेको थियो । शुरुका विद्यालय धनीले १५ लाखमा बिक्रि गरेको विद्यालयमा ठाँउसारीका लागि घुसखुवाएर गैर कानुनी काम गरेको भन्दै स्थानीय, नेकपा र विभिन्न शैक्षिक संघ संगठन आन्दोलित भएका थिए ।

यस अघि पनि कार्यपालिका बैठकले शिक्षा शाखा प्रमुखलाई हाजिर मात्रै लगाउन दिने कामकाज नगर्न नदिने निर्णय गरेको शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विशन थापाले बताए । उक्त प्रकरणमा नगरपालिकाले ४का वडाध्य ज्ञानेन्द्र विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनमा समेत शिक्षा शाखाबाटै गलत कार्य भएको भन्दै कार्बाहीका लागि सिफारिस गरिएको थियो । नगर प्रमुखले गलत प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेको भन्दै नेकपाले बुधबार बिहान आन्दोलन समेत गरेको थियो । खप्तडसंगै शुक्लाफाँटा नगरपालिकाबाट अर्को विद्यालय शुक्लाफाँटा नामक पनि पुनर्वासमा सरुवा गरिएको थियो । कर्मचारी नै निजी विद्यालय दर्ता बेचबिखनमा संलग्न भएपछि त्यसको चौतर्फि बिरोध र भत्र्सना भईरहेको छ । नेकपा शुक्लाफाँटाले नगरपालिका दवाव दिएकै दिन नगरप्रमुख दिल ब. ऐरकै अध्यक्षतामा बसेको बैठकले ऐरलाई माफि र भट्टलाई कार्बाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । विद्यालय बेचखिनका लागि शुक्लाफाँटा नगरपालिका (स्थानीय सरकार) ले फर्जी विद्यालय ठाँउसारी गर्नका लागि अनुमति लिएको थियो ।

संचालन नै नभएको विद्यालय ठाँउसारी भनेर अनुमति दिने स्थानीय सरकार पनि बेचबिखनको मतियार देखिएको छ । विद्यालयका संचालकद्वय अध्यक्ष देवराज अवस्थी, प्रअ सदस्य सदस्य सचिव केशव दत्त अवस्थीबाट बेलौरीका स्थानीय लक्ष्मण दियाल लगायत १३ जनाले खरिद गरेका थिए । दियाल समुहले अवस्थी समुहबाट १५ लाखमा उक्त विद्यालय खरिद गरेको पाईएको छ । शिक्षा कार्यालयमा विद्यालय दर्ता गर्ने संचालन गर्ने र दर्ता गरेका विद्यालय धमाधम लाखौँमा बिक्रि वितरण गर्न केही शिक्षाका कर्मचारी र शैक्षिक माफियाले शिक्षा क्षेत्रलाई ब्यापारका रुपमा परिणत गरेका थिए । दियाल समुहले हालै सो विद्यालय खरिद गरेर बेलौरी नगरपालिका ४ रिछाहमा भौतिक संरचना निर्माण गरेका छन् । ‘हामीलाई झुक्याएर फर्जी विद्यालय बिक्रि गरेको पाईयो, ‘लक्ष्मण दियालले भने, ‘संचालनमै नभएको विद्यालय भिडाँउदा हामी पनि अन्यौलनमा छौँ ।’ झलारीमै रहेको अर्को खप्तड ईङलिश बोडिङ्ग स्कुल रहेको सुन्दा झुक्किएर खरिद गरिएको बताए । ‘हामीले भौतिक संरचना हेरबिचार नगर्दा समस्यामा परेका छौँ, ‘उनले भने, ‘एकातिर १५ लाखमा खरिद गरे, अर्कातिर ९० प्रतिशत संरचना निर्माण गरेका छौँ ।’ यसरी आफुहरुमाथि घात भएको संचालक दियालको दुखेसो छ । अवस्थी समुहबाट खरिद गरेर दियाल समुहले २३ साउन ०७७ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता पनि गराएका छन् । भौतिक संरचना बिनैको खप्तड शिक्षा सदन संचालक समितिको १४ मंसिर ०७६ को बैठकबाट खप्तड शिक्षा सदन हाल संचालन हुन नसक्ने अवस्थामा रहेको हुँदा आगामी शैक्षिक सत्र ०७७ देखि बेलौरी नगरपालिका ४ मा सार्ने र सार्ने क्रममा शुक्लाफाँटा नगरपालिकासंग आवश्यक सहमति माग गर्ने निर्णय गरिएको छ ।

निर्णयको उपस्थितिमा वडा र नगरपालिका शिक्षा शाखा प्रतिनिधी राखिएको पनि उनीहरुको नाम र हस्ताक्षर देखिएको छैन् । तत्तकालिन जिल्ला शिक्षा कार्यालय कञ्चनपुरबाट विद्यालय संचालनका लागि अनुमती पाएको खप्तड शिक्षा सदन नामक निजी विद्यालय १९ बर्षपछी खरिद बिक्रि भएको थियो । हाल शुक्लाफाँटा नगरपालिका शिक्षा प्रमुख टेकेन्द्रराज भट्ट निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका बेला ८ साउन ०७७ मा ठाँउसारीका लागि अनुमति दिएको छ । नगर प्रमुख एव नगर शिक्षा अध्यक्ष दिल बहादुर ऐरको अध्यक्षतामा बसेको बैठकबाट अनुमति दिईएकोछ । २५ मंसिर ०५८ सालमा खप्तड शिक्षा सदनका संचालकले दिएको निवेदनका आधारमा ७ भदौँ ०५८ मा पहिलो पटक कक्षा १ देखि ५ सम्मको कक्षा संचालनको लागि अनुमति पाएको थियो । त्यस पछि थप १७ पुष ०६६ मा ६–८ कक्षा संचालको अनुमति पाएको थियो । विद्यालय संचालन नहुँदै कक्षा थप पाएको विषय झन रहस्यमयी थियो । बेचबिखनका लागि विद्यालयको भौतिक संरचना र संचालन नहुँदै बिक्रिका लागि कर्मचारीको मिलोमतोमा कक्षा थप दिएको निजी विद्यालयको तर्क छ ।विद्यालय संचालनका लागि दिइने अनुमतिमा शिक्षा नियमावली २०५९ को नियम ४ बमोजिम पुुर्वाधार पुरा गरेको देखिएको र शैक्षिक सत्र २०५९ देखी कक्षा संचालनका लागि अनुमती भनिएको भएपनि तत्कालीन झलारी गाविसको वडा नंं ७ हालको शुक्लाफाँटा नगरपालिका १० मा खप्तड शिक्षा सदन नामको विद्यालय नै नभएको स्थानीय बताउँछन् । नगरपालिका कार्यालय कर्मचारी स्रोतका अनुसार फर्जी विद्यालयको ठाँउसारी अनुमति दिनमा रकमको चलखेल भएको बताउँछन् । नक्कली विद्यालय नामसारी दिने कार्य समेत अपराध भएको कर्मचारी स्रोतको दावि छ । आर्थिक लेनदेन भएरै नक्कली विद्यालय नामसारीमा स्थानीय सरकार संलग्न भएको स्रोतको बुझाई छ ।

स्थानीय एव अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य अर्जुन भट्टले भौतिक संरचना खडा नै नगरि विद्यालय बेचबिखन भएको बताए । ‘रकम लिएर आफ्ना मान्छे, आसेपासेलाई अवैध निजी विद्यालयको अनुमति दिदाको परिमाण हो, ‘उनले भने, ‘शिक्षाको गल्तीलाई नगरपालिका स्थानीय सरकारले पनि मलजल गरेको छ ।’ भट्टले शुक्लाफाँटा नगरपालिका १० झलारीमा दर्ता भएपनि संचालन भएको खप्तड शिक्षा सधन नामक निजी विद्यालयलाई नगरपालिकाले बेलौरी नगरपालिका ४ मा सिफारिस गरेर गल्ती गरेको बताए । ‘यो विद्यालयको कुनै अभिलेख छैन, ‘उनले भने, ‘भौतिक संरचना पनि छैन, खै किन शुक्लाफाँटाबाट बेलौरी सिफारिस गरियो ।’ यस अघि अनुमति दिएर कहिल्यै संचालनमा नआएका निजी विद्यालय रहेकाले त्यस्तको खोजी गरि दोषि उपर कार्बाहीको समेत माग गरे । नक्कली विद्यालय बेचबिखन एव ठाँउसारीमा स्थानीय सरकार समेत संलग्न भएको आरोप लगाँउदै दुई शिक्षक संगठन, विद्यार्थी संगठन र निजी विद्यालयको संस्था एन प्याब्सनले नगरपालिकामा तालाबन्दी गरेका छन् । नक्कली विद्यालय सिफारिस गरेको भन्दै एकिकृत अखिल नेपाल शिक्षक संगठन राष्ट्रिय शिक्षक सगठन अनेरास्ववियू एन ब्याब्सनले शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टको कार्यकक्षमा तालाबन्दी गरिएका थिए ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन शुक्लाफाँटा नगर अध्यक्ष महेश राज भट्ट, राष्ट्रिय शिक्षक सगठन नगर सचिव शंकर दत्त जोशी, अनेरास्ववियू जिल्ला सदस्य अर्जुन भट्ट र एन ब्याब्सन नगर संयोजक धिरेन्द्र साउदद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा तीन दिन भित्र दोषिलाई कार्बाही नगरि थप आन्दोलनको चेतावनी दिदै आन्दोलनमा उत्रिएका थिए । शुक्लाफाँटा नगरपालिका शिक्षा शाखा प्रमुख टेकेन्द्र प्रशाद भट्टले सबै प्रमाण पत्र कार्यालयमा आएकाले ठाँससारीका लागि अनुमति दिएको बताएका थिए । ‘यहाँ संचालनमा देखिएको छैन, त्यसको आवश्यकता पनि नहुँदा संचालनबाट माग भएर बमोजिम अनुमति दिएका हौँ ।’ शुक्लाफाँटा नगरका जनप्रतिनिधीले स्थानीय सरकार झुक्याउने, गुमराहमा राखेर ठगि कार्य भएकाले भत्र्सना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुस