विकास सिह महता

भीमदत्त नगरपालिका शिक्षा शाखामा तालाबन्दी गरिएको छ । निजी विद्यालयका शिक्षकप्रति घात भएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । भीमदत्त नगरपालिका क्षेत्रका निजी विद्यालयका शिक्षकले आफुहरुका पीडा नगर शिक्षा शाखाले नबुझेकाले तालबन्दी गरिएको जनाएका छन् । कञ्चनपुरका निजी विद्यालय शिक्षकका अगुवा माधव प्रशाद पन्तले पारिश्रमिक जस्तो विषयमा शिक्षा शाखा गम्भिर नभएकाले बाध्य भएर तालाबन्दी गरिएको बताए ।

कोरोना कहरका बेला समेत सरकारी निकायबाट आफुहरु उपेक्षित भएकाले बाध्य भएर तालाबन्दी गरिएको बताए । नगर शिक्षा शाखा बोडिङ्गका मालिकका पक्षमा वकालत गर्ने तर, श्रमिक शिक्षकको विषयमा गम्भिर नभएको भन्दै बाध्यतबस तालाबन्दी गरिएको निजी शिक्षकको गुनासा छन् ।

प्रतिक्रिया दिनुस