लाल ब. एसके
सशस्त्र प्रहरीले पुर्नवास नगरपालिका क्षेत्रका विभिन्न नाकाबाट अवैध तस्करीको समान बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक निम बहादुर भण्डारी र सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु रानाको नेतृत्वमा खटिएको टोलीले २ लाख ६६ हजार, ५ सय २० रुपैया बराबरको समान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । पुनर्वास क्षेत्रमा भारतबाट व्यापक तस्करी भईरहेको छ । स्थानीयद्वारा सडक निर्माण सुर्वण प्रशाद जोशी कञ्चनपुरको उत्तरी भेग भम्केनी धाम क्षेत्र जोड्नका लागि स्थानीयले सडक निर्माण गरेका छन् । भीमदत्त नगरपालिका ८ तिलाचौरका स्थानीय तुल ब. थापा, जय ब. राना, हर्क धामी लगायतको नेतृत्वमा सडक निर्माण गरिएको हो । स्थानीय युवा एव राप्रपा युवक संगठनका कञ्चनपुरका अध्यक्ष तुल ब. थापाले धार्मिक क्षेत्र जानका लागि भक्तजनको सहजताका लागि सडक निर्माण गरिएको बताए । ‘हामी गाउँले मिलेर एक किलोमिटर जति पैदलमार्ग निर्माण गरेका हौँ, ‘उनले भने, ‘यो हाम्रो समाजिक कार्य हो ।’