काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश सदस्य, इच्छुक साँस्कृतिक प्रतिष्ठानकी कार्यसमिति सदस्य, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सहसचिव, अखिल नेपाल जनसाँस्कृतिक महासंघकी केन्द्रीय सचिवालय सदस्य समेत रहेकी नेतृ चन्द्रा थानीको निधन भएको छ ।

२०१७ साल चैत्र १६ गते जन्मनु भएकी कमरेड चन्द्रा थानी पित्त थैलीको पत्थरीको शल्यक्रियाका लागि मेडिसिटी अस्पतालमा भदौं १७ गते भर्ना हुनु भएको थियो । शल्यक्रियापछि उपचारको क्रममा उहाँको आइतबार आज चार बजे निधन भएको नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य दिपक शाहीले जानकारी दिनुभयो । उहाँको साँझ पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको छ ।

कमरेड थानीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु पशुपति आर्यघाटमा पुगेका थिए ।२०३५÷३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभएकी कमरेड थानी २०३८ सालमा नेकपा चौमको सदस्य भई क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा सक्रिय हुँदै आउनु भएको थियो ।

चर्चित कवियत्रीको समेत पहिचान बनाउनु भएकी नेतृ थानी लामो समयदेखि प्रगतिशील तथा क्रान्तिकारी साहित्य सिर्जनामा समेत कलम चलाउँदै आउनु भएको थियो ।उहाँका श्रीमान चक्रपाणी शर्मा नेकपा क्रान्तिकारी माओवादीका पीवीएम तथा कर्णाली प्रदेशको पार्टी इन्चार्ज हुनुहुन्छ । उहाँका एक छोरा र तीन छोरी हुनुहुन्छ ।

नेकपा (क्रान्तिकारी माओवादी)सुदुरपश्चिम प्रदेश समितिले प्रगतिशील कवि चन्दा थानी को असामयिक निधन प्रति शोक वक्तव्य जारी गरेको छ ।
शोक वक्तव्य
नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी ) का पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कामरेड पारसमणी को जीवन साथी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) कर्णाली प्रदेश सदस्य तथा अखिल नेपाल महिला संघ )क्रान्तिकारी ) का केन्द्रीय सह सचिव प्रगतिशील कवि कामरेड चन्दा थानी को असामयिक निधनले क्रान्तिकारी आन्दोलनमा असाध्यै क्षति पुग्न गएको छ यस दुखद क्षणमा कामरेड थानीप्रति भावपुर्ण श्रद्धाञ्जली र कामरेड पारसमणी लगायत परिवारजनमा गहिरो संबेदना ब्यक्त गर्दछु ।
क.चिन्तक
सेक्रेटरी
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
सुदुरपश्चिम प्रदेश समिति

प्रतिक्रिया दिनुस