काठमाडौं भाद्र ३१। बुधबार राति सिन्धुपाल्चोकको राम्चे बजार केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प पछि प्रायःमानिसहरु घरबाहिर निस्केका थिए । राष्ट्रिय भूकम्प मापनकेन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टर स्केलको भूकम्प गएको बताए ।

काठमाडौं उपत्यकाका जिल्लाहरुमा महशुस भएको थियो भने भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।यस अघि ५ रिक्टरस्केलसम्मको भूकम्प गइरहेपनि सो भन्दा माथिको भूकम्प भने आज मात्र महसुस गरिएको हो । नेपालमा विगत भूकम्प बारे फर्केर हेर्दा १९९०,०४५,०६५ र २०७२ सालमा नेपालमा ठुलठुला भूकम्प गएका तिथि अवस्मरणीय छन् ।

प्रतिक्रिया दिनुस