एजेन्सी भदौ ३१। चीन सरकारले लद्धाखमा झडप सहित अहिले सम्म भएका घटनाका लागि भारत दोषी रहेको दाबी गर्दै तत्काल चीनका सेना र चीनलाई उक्साउने काम बन्द गर्न चेतावनी दिएको छ ।आज भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनीया विदेश मन्त्रालयका प्रवक्ता वागं वेनविनले भारतले आफ्नो गलत हर्कत सुधार्नु पर्ने बताए छन ।

भारतले एक तर्फी रुपमा नियन्त्रण रेखा पार गरेको, उक्पाहटपूर्ण कार्बाही गरेको भन्दै दुबै देशबीच शाान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न भएको सहमतिको कार्यन्वयन गर्न पनि प्रवक्ता वागं यि ले आग्रह गरेका छन ।हिजो भारतीय रक्षा मन्त्री राजनाथ सिंहले लद्धाखमा समस्याको समाधान नभएको भनी प्रतिकृया दिएको भोलिपल्ट चीनको यो भनाई आएको हो ।केही दिन अघि मस्कोमा चीन र भा

रतका विदेशमन्त्रीका बीचमा पाँच बुदे सहमति भएको थियो । जसमा शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न सहमत भएका थिए ।
सन् १९६२को युद्ध पछि पहिलो पटक गत जुन १५ मा दुबै देशका सेनाबीच रक्तपातपूर्ण झडप भएको थियो । दुबै देशका सेनाबीच भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।त्यस पछि पनि पटक पटक गोली हानाहान र झडप भएका छन् । चीन र भारत दुबै देशको ३५ सय किलो मिटर लामो सीमा विवाद कायमै रहेको छ ।

प्रतिक्रिया दिनुस