विकास सिह महता
कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा कार्यरत ५ जना सशस्त्र प्रहरी सहित एक नेपाली सेनामा कोरोना देखिएकोछ । नेपाल भारत प्रवेसद्वार सीमा क्षेत्र बोर्डर आउट पोष्ट गड्डाचौकीमा कार्यरत ५ जना सशस्त्र प्रहरी र १ भगतपुर ब्यारेकमा कार्यरत एक जना नेपाली सेनालाई कोरोना देखिएको हो । उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको थियो ।
नेपाल भारत आउने जानेको सख्या गड्डाचौकीमा ह्वात्तै बढेपछि सो क्षेत्र फन्ट लाईनमा कार्यरत सशस्त्र प्रहरीलाई कोरोना लागेपछि जोखिम बढेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण मातहत रहेको बिओपी गड्डाचौकीमा कार्यरत ५जनालाई कोरोना लागेसंगै उनीहरुको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरेर परीक्षण गरिने शसस्त्र प्रहरीले जनाएको छ । यस अघि कञ्चनपुरमा सशस्त्र प्रहरीमा कोरोना देखिएको थिएन् ।
नेपाल प्रहरी र सेनामा देखिएको कोरोना यस पटक पाँच जना सशस्त्र प्रहरीमा कोरोना देखिएपछि सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी उच्च जोखिममा रहेका छन् । कोरोना पृष्टी भएका ५ सशस्त्र प्रहरी, १ सेना सहित ६ जनालाई उपचारका लागि महाकाली अस्पतालको आईसोलेशनमा राखिएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले कोरोना पृष्टी भएका ६ जना सुरक्षाकर्मी सहित बेदकोटका २ जनाको उपचार भईरहेको बताए ।

 

प्रतिक्रिया दिनुस