कञ्चनपुरमा आफ्नै काकाले भतिजालाई मरणाशन्न हुने गरि कुटपिट गरेका छन् । बेलडाँडी गाँउपालिका २ चवन्नीका कृष्णदत्त भट्टले आफ्नै भतिजा गणेश दत्त भट्टलाई मरणाशन्न हुने गरि कुटपिट गरेका हुन । बुधबार साँझतिर घरयासी विवादमा काका कृष्णले भतिजा गणेशलाई कुटपिट गरेपछि उनी घाईते भएका छन् । घाईते गणेशका दाजु दिनेश भट्टले आफ्नै खेतमा सरसफाई गर्दा काका कृष्ण, उनका छोरा दिपक भट्ट सहिते सामुहिक कुटपिट गरि घाईते बताएको बताए ।
‘भाई केही व्यवसाय गर्छु भनेर आफ््नै खेतमा सरसफाई गरिरहेको थियो, ‘उनले भने, ‘काका सहित आएर एक्कासीकुटपिट गरिदिए, काकाको परिवारको घर पनि हाम्रै जमिन छ ।’ कुटपिटबाट घाईते भएका गणेशको स्थानीय बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नभएपछि धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ । ‘गाँउमा उपचार सम्भव भएन, भित्रि चोट लागेको छ, ‘उनले भने, ‘अझै होस आएको छैन ।’ आफ्नै काकाले भाईलाई कुटपिट गरि मृत्युको मुखमा पु¥याएको भन्दै उनले घरमै मान्छे काल बनेर आएको बताए ।
भट्ट परिवारमा पहिल्यै देखि जमिनको विषयमा विवाद भएपनि कुटपिट कार्य निन्दनिय भएको स्थानीयको भनाई छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज राजेन्द्र सिहले कुटपिटको आरोपमा कृष्णदत्त भट्ट, दिपक भट्टलाई पक्राउ गरिएको बताए । ‘घटनाबारे अनुसन्धान भईरहेको छ, ‘ईप्रका इन्चार्ज सिहले भने, ‘घाईतेको उता उपचार भईरहेको छ, यता कुटपिट गर्ने नियन्त्रणमा आईसकेका छन् ।’ स्थानीयका अनुसार दुवै पक्षविच जमिनकै विषयमा विवाद थियो, तर विवाद कानुनी वा समझदारीबाट समाधान गर्नुपर्ने भएपनि कुटपिटमा परिणत कार्य अनुचित भएको छ ।
प्रतिक्रिया दिनुस