कतै चुहिने कतै डुवान शुद्ध खानेपानी छैन, धाराकै पानी प्रयोग गर्छन, त्यो पनि वालुवाला

पहिलाद राना कञ्चनपुर, ३१ भदौँ  ,जनताको सुरक्षाका लागि २४ सै घण्टा खटिने कञ्चनपुरका नेपाल प्रहरी भवन कतै चुहिने कतै डुवान पर्ने समस्यामा छन् । प्रचण्डगर्मी र अबिरल बर्षातका विच आफु बस्ने भवन चुहिने र डुवानमा पर्ने भएपनि कञ्चनपुरका प्रहरी नागरिककै उद्दार र सेवामा खटिन्छन् ।

आफु सुत्ने भवन र बस्ने ठाँउमा शुद्ध खानेपानी सहित समस्याको बाबजुत पनि प्रहरी आफ्नो कर्तव्यमा खटिएकै हुन्छन् । जनताको सुरक्षा दिने व्यक्ति आफै असुरक्षित भएर बस्नुपर्दा जनता कति सुरक्षित हुन्छन् ? भन्नेमा प्रशन खडा गरेको छ । कञ्चनपुरमा जिल्ला प्रहरी, वडा, ईप्रका र केही प्रहरी चौकी बाहेक तीन ईप्रका सहित विभिन्न प्रहरी चौकी, अस्थायी प्रहरी चौकी कच्ची, त्यसमा पनि चुहिने र डुवान पर्ने समस्याका छन् ।

जिल्ला सदरमुकाम, नगरपालिका क्षेत्रका केही सुगम स्थान बाहेक अधिकाँस क्षेत्रमा रहेका प्रहरी शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । उनीहरु धाराकै पानी पिउन बाध्य छन् । नयाँ भवन निर्माण नहुँदा उनीहरु संकटका बाबजुतपनि ‘सत्यम सेवा सुरक्षणम’को सिद्धान्त अनुसार खटिएका हुन्छन् ।

नेपाल प्रवेसद्वारा गड्डाचौकी इलाका प्रहरी कार्यालयको भवन पनि जिर्णेत्तर छ । पानी परेको दिन चुहिन्छ । नियमित बर्षा भएपछि कार्यालय परिसरमा जलमग्न हुन्छ । इप्रका गड्डाचौकीका इन्चार्ज नरेन्द्र चन्दले भवन अप्रर्याप्त भएको बताए । ‘भवन पनि आवश्यकता अनुसार छैन, ‘उनले भने, ‘पानी पर्दा चुहिन्छ ।’ कार्यालयसंग आफ्नै भान्सा नभएकाले भाडाको भान्सा प्रयोग गरिरहेको दुखेसो पोखे ।

दक्षिण एसियाकै दोस्रो लामो झोलुङ्गे पुल नजिक रहेको पिपरैया प्रहरी चौकीमा पनि पानी परेको दिन चुहिने, हावाहुरीले चौकीको हुड उठाउने समस्या छ । अघिल्लो बर्ष हावाहुरीले भवनको छाडा उडाएको थियो । छाडा उडाएपछि जस्ता लगाईएको छ । पिपरैया प्रहरी चौकी इन्चार्ज दिपक भण्डारीले महाकाली नदी किनारमै रहेको प्रहरी चौकीमा नहरको पानीले डुवान पर्ने बताए । ‘महाकाली नदी नै फर्किए हामी बगाउनमा पछौँ, ‘उनले भने, ‘गाँउभित्रका खोला र नहरले पानी जम्मा भई प्रहरी चौकी डुवान हुन्छ ।’ कोठामा पानी जम्मा हुँदा भित्रबाट जुता हालमा लिएर बाहिर गएर मात्रै लगाउन सकिने दुखेसो पोखे ।

‘धाराको पानी खान्छौँ, ‘उनले भने, ‘वालुवा नै वालुवा हुन्छ, भाँडामा भरेर वालुवा तल बसेपछि मात्रै खान्छौँ ।’ ईप्रका गड्डाचौकी महाकाली नदी नजिकै र पिपरैया प्रहरी चौकी महकाली नदीमै मुखमा छन् । नदीमा वाढि, कटानी वा कुनै मानिस डुब्दा प्रहरीले आफ्नो समस्या थाँति राखेर जनताको उद्दारमा खटिनुपर्ने बाध्यता छ ।

पिपरैया र गड्डाचौकी जिल्ला सरमुकाम भीमदत्त नगरपालिका क्षेत्रमै पर्छन् । जुन भवनको अहिलेसम्म पूर्ननिर्माण एव मर्मत गरिएको छैन् । पिपरैया भवन भाडाको भवन हो । चारैतिर दोदा नदीको चपेटामा परेको लालझाडी गाउँपालिका ईलाका प्रहरी कार्यालय शंकरपुरको प्रहरी भवन जिकोत्तर छ ।

सामुदायिक वनको भवनमा प्रहरी बस्दै आएका छन् । २३ जनाको दरबन्दी भएपनि भवन अभावका कारण ७÷८ जना बस्दै आएका छन् । कच्ची भवन पानी परेको दिन चुहिने समस्या छ । एक प्रहरीका अनुसार पानी परेका दिन स्केलनमा मिल्ने सिलिङ्ग ओढेर बस्नुपर्ने बाध्यता छ । ‘एकातिर दोदा नदीको वाढीले कटानी र गाँउमा वाढि पसेको समस्या हुन्छ, ‘उनले भने, ‘अर्कातिर आफै बस्ने भवन चुहिएर सुरक्षित बस्न समस्या छ ।’ खानेपानीको अभाव रहेको बताउदै धाराकै पानी पिउन बाध्य भएको बताए ।

बेलडाँडी गाँउपालिका ५ झिलमिला प्रहरी चौकी नियमित बर्षा हुँदा डुवानमा पर्ने समस्या छ । भवनको भित्र पानी नपसेपनि आसपासका क्षेत्रमा पानीले समस्या हुन्छ । डुवान पर्ने गाँउमा प्रहरीलाई नागरिककै उद्दारमा खटिनुपर्ने एकातिरको बाध्यता छ, भने अर्कोतिर आफ्नै प्रहरी चौकी परिसर जलमग्न हुँदा दैनिक कार्यमा समस्या हुन्छ ।

झिलमिला प्रहरी चौकीमा पनि धाराकै पानी पिउन बाध्य छन् । कृष्णपुर नगरपालिका ८ ग्रामिण भेगमा रहेको ईलाका प्रहरी कार्यालय रैकवारविचुवाको प्रहरी भाडाको घरमा बस्दै आएका छन् । प्रहरी बस्ने भवन पनि जिकोत्तर छ । पानी परेपछि चुहिने, घाम लागेपछि सिधै घरभित्र घाम पस्ने समस्या भएको समस्या छ ।

भवन जिर्णेत्तर र सिलिङ्ग पङ्खा लगाउन नसक्ने अवस्था भएपछि प्रहरीले आफैले तलबबाट टेबुल पङखा खरिद गरेर जडान गरेका छन् । ‘पानी परेपछि भवन चुहिन्छ, ‘रैकवारविचुवा प्रहरी चौकी इन्चार्ज भीम सिह धामीले भने, ‘हामीलाई काम र पानीबाट समस्या भईरहेको छ ।’ ईप्रका रैकरवारविचुवाका प्रहरीपनि धाराकै पानी खान बाध्य छन् । पुर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेका प्रहरी चौकी, अस्थायी प्रहरी चौकी र पोष्टहरुमा समेत समस्या छ । चुहिने, धाम लाग्ने, खानेपानी र ठाँउ कम भएकाले दैनिक कार्यमा समस्या भईरहेको छ । भाँसी र चम्फापुर प्रहरी विटमा खानेपानी, शौचालयको समस्या छ । राजमार्गकै छेउमा रहेका दुवै विट क्षेत्रमा ठाँउ अभावका कारण समस्या भएको छ ।

 

 

 

बेदकोट नगरपालिकामा रहेको सिसैया प्रहरी चौकी भाडामा छ । एकै कोठामा ६ प्रहरी सुत्नछन् । जहाँ एकै पङ्खा छ । सिसैया प्रहरी चौकीमा कार्यरत एक प्रहरीले भान्सा घर नभएकाले बाहिर टिण लगाएर खान पकाउन बाध्य भएको बताए । खानेपानीको पनि समस्या छ । धाराकै पानी खाँन बाध्य भएको उनले बताए । ‘यो घर हाम्रो होईन भाडाको हो, ‘उनले भने, ‘समस्या धेरै छ, ‘सुनिदिने र बुझिदिने कोही भएन् ।’ विचफाँटा, डोकेबजार वाणी र दोधारा प्रहरी चौकीमा पनि खानेपानीको समस्या छ । शुद्ध खानेपानी नहुँदा धाराकै पानी पिउन बाध्य भएका छन् । सिसैयामा रहेको सुदुरपश्चिम दङगा निन्त्रण गणको बेस कार्यालय भवन पनि डुवान र चुहिने समस्या छ । कृषि समाग्री कम्पनीको भवन जिकोत्तर हुँदा चुहिने र पानी निकास नहुँदा डुवान पर्ने समास्या छ । दङ्गामा दैनिक कामकाज गर्न समस्या हुने गरेको छ । आँगनमै पानी भरिदा जुत्ता खोलेर भित्र जानुपर्ने बाध्यता रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले न्यूनतम स्रोत साधनका विच अधिकतम कामकाज भईरहेको बताए । ‘हाम्रो नीति न्यूनितम स्रोत साधनलाई परिचलान गरेर जनताको अधिकम सेवा प्रदान गर्ने हो, न कि हामीले हाम्रो समस्या भनिरहनु पर्छ ।’ शंकरपुरमा जग्गा प्राप्ति भएकाले भवन निर्माण कार्य हुने उनले बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले प्रहरी भवन कार्यालय सुविधासम्पन्न र भौतिक संरचनायुक्त बनाउनका लागि बेलाबेलामा जिल्लाबाट माथिल्लो निकायमा सिफारिस गरिएको बताए । जिल्लाबाट ईप्रका र प्रहरी चौकीको स्तरबृद्धि सुधारका लागि सिफारिस भएपनि अहिलेपनि कञ्चनपुरमा प्रहरी भाडाका घर, जिर्णेत्तर भवनमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुस