विकास सिह महता

राष्ट्रिय विज्ञान दिवसमा सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा बृक्षारोपण गरिएको छ । बिहीबार ८ औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा विज्ञान क्याम्पसमा बृक्षारोपण गरिएको हो । विज्ञान क्याम्पसका पुर्व विद्यार्थी, विद्यार्थी, प्राध्यापक कर्मचारी सहितले बृक्षारोपण गरेका छन् । विज्ञान क्याम्पसका पुर्व विद्यार्थी एव साफका अध्यक्ष नरेन्द्र भाटले विज्ञान दिवसलाई क्याम्पसमा बृक्षारोपण गरेर मनाईएको बताए । ‘हामीले पनि विज्ञान र प्रविधिमा विश्वसंगै अघि बढ्नुपर्छ, ‘उनले भने, ‘यही स्प्रीडका साथ हामी अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुस