कैलाली, असोज, ७ । शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरुको प्रदेश भेला मंगलबार कैलालीको अत्तरियामा सम्पन्न भएको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा,दार्चुला ,अछाम , बाजुरा लगायत सुदुरपश्चिमका ९ वटै जिल्लाहरूमा कार्यरत अनुदान कोटाका शिक्षकहरुको मंगलबार कैलालीको अत्तरियामा भएको सम्पन्न भएको हो ।

भेलाले डडेलधुरामा कार्यरत शिक्षक केशव बहादुर साउँदको अध्यक्षतामा २३ सदस्यिय प्रदेश कमिटि समेत गठन गरेको छ । उपाध्यक्षमा कञ्चनपुरका शिक्षक बलवीर सिङ भण्डारी र कैलालीका शिक्षक गणेश राज शाही रहेका छन् । यस्तै सचिवमा कञ्चनपुरका शिक्षक शंकरदत्त जोशीलाई चयन गरिएको छ भने भने सह–सचिवमा कैलालीका नन्दराम चौधरी रहेका छन् । यस्तै कोषाध्यक्षमा डडेल्धुराका शिक्षक टेकराज कापडीलाई चयन गरिएको छ ।

सदस्यहरुमा डडेल्धुराका गणेश पाण्डेय, कञ्चनपुरका दोरेन्द्र सार्की, रविन्द्र विष्ट, महेन्द्र बोहोरा, भिम भट्ट, सिद्धराज जोशी रहेका छन् । यस्तै कैलालीका शिक्षक नवीन देवकोटा, नन्द बहादुर महरा, पदम बुढा, रमेश कुमार चौधरी समेत सदस्यमा चयन भएका छन् । यस्तै डोटिका हरिसिङ धामी, दार्चुलाका जयानन्द विष्ट, अछामका हेमराज रावल, बझाङका कैलाश ऐर, बाजुराका दिपेन्द्र धामी, बैतडीका जनक साउँद र तिर्थराज जोशी समेत सदस्य रहेका छन् ।

आफुहरुका माग यसअघि जिल्ला शिक्षा समन्वय इकाई र स्थानिय पालकिामा समेत राखेको तर कुनै पनि सुनुवाई नभएकोले प्रदेश भेला मार्फ शिक्षा मन्त्रालयमा ध्यान आकर्षण गराउन गइरहेको प्रदेश अध्यक्ष केशव बहादुर साउँदले बताउनुभयो । कतियप विद्यलयमा कार्यविधि विपरित अन्य शिक्षकलाई नियुक्ति गरेको पाइएकोले अनुसन्धान पछि सम्बन्धीत विद्यलाय र शिक्षा शाखालाई ध्यान आकर्षण गराउने उपाध्यक्ष गणेशराज शाहीले बताउनु भयो ।

यस्तै अर्का उपाध्यक्ष बलवीर सिङ भण्डारीले देशैभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको उक्त कोटाका लागि शैक्षिक सत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको तर यो वर्ष दुई महिना बितिसक्दा पनि विनियोजित रकम निकासाको अहिलेसम्म कुनै पनि निकायबाट आधिकारिक जानकारी नआएकोले आन्दोलनका कार्यक्रम गर्नु परेको बताए ।
यस्तै अनुदान कोटामा कार्र्यरत कञ्चनपुरको कृष्णपुर माध्यामिक विद्यलायमा कार्यरत शिक्षक स्टार प्रसाद भट्टले आफुहरुका पिडा कसैले नसुनेकोमा दुःख लागेको बताउनु भयो । अंग्रेजी, गणित र विज्ञान विषय पढाउने शिक्षकहरुलाई राज्यले गम्भिरतापूर्वक नलिएर दिइरहेको अनुदान समेत रोकेकोले चाँडै निकासा गर्न दाबाब दिन प्रदेश कमिटि मार्फत शिक्षहरु काठमाडौँ जान लागेकोमा आफुलाई खुशि लागेको समेत शिक्षक भट्टले बताउनु भयो ।

निजि क्षेत्रलाई कोरोना महामारीको समयको तलब रोक्न नहुने बताइरहेको सरकार आफैले विधि प्रक्रिया बमोजिम नियुक्त गरिएका शिक्षकहरूको तलब अँझै निकासा नगरेको र तत्काल आफुहरूको रकम निकासा गरिनुपर्ने अन्यथा आफुहरूले थप विरोधका कार्यक्रम शसक्त रुपमा अगाडी बढाउने प्रदेश अध्यक्ष साउँदले बताउनु भयो । सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणीत र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरबन्दी भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको छ । तर यो बर्ष भने असार महिनामै निकासा हुनुपर्ने रकम अहिलेसम्म पनि निकासा भएको छैन । स्थानिय पालिका पनि यसबारे बेखर छन् । आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनुपर्ने र तलबभत्ता बाफतको रकम नेपाल सरकारले तोके बमोजिम अन्य शिक्षकहरुको जस्तै हुनुपर्ने समेत उक्त अनुदान कोटामा कार्यरत शिक्षकहरुको माग रहेको छ ।

शिक्षण सिकाइ अनुदान सहयोग कोटामा कार्यरत शिक्षकहरुको संघर्ष समितिले नेपाल सरकार शिक्षा मन्त्रालय अन्र्तगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत देशै भरीका सामुदायिक विद्यालयका मा.वि तथा नि.मा.वि तहमा अंग्रेजि, गणित र विज्ञान विषयका शिक्षकहरुको अभावलाई पूर्णता दिन दिदै आएको शिक्षण सहयोग अनुदान कार्यक्रम मार्फतको रकम निकासा नगरिएको भन्दै सुदुरपश्चिम प्रदेशमा कार्यरत शिक्षकहरुले शिक्षा मन्त्रालयमा ध्यानआकर्षण पत्र बुझाउने निर्णय गरेका छन् ।शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटेर ध्यान आकर्षण गराउने भन्दै प्रदेशको एक टोली मंगलबार काठमाडौँ प्रस्थान गरको छ ।

प्रतिक्रिया दिनुस