कैलाली असोज ८ । नेकपा विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) सेती महाकाली क्षेत्रीय समन्वय समितिले विभिन्न माग राख्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा मागपत्र बुझाएको छ।

सिटिइभिटी सुदूरपश्चिम प्रदेश कार्यालयसमक्ष धनगढीमा १० बुँदे मागपत्र बुझाएको अखिल(क्रान्तिकारी)सेती महाकालीका संयोजक विरेन्द्र शाहले जानकारी दिनुभयो ।

मागपत्रमा सिटिइभिटीले प्रवेश परिक्षा नलिई जिपीएका आधारमा भर्ना लिने भनेकोमा उक्त प्रक्रियामा सरकारी विद्यालयका विद्यार्थी भर्नाबाट बञ्चिन हुने भएकाले सरकारी विद्यालयका ८० प्रतिशत विद्यार्थी र बाँकी २० प्रतिशत निजीका विद्यार्थीलाई भर्ना गर्न माग गरिएको छ।

यस्तै सिटिइभिटीको छात्रबृद्धि दोब्बर गर्न, कक्षा ८ को प्रमाणपत्रका आधारमा छात्रबृद्धि दिइने निर्णयको खारेजी, खारेज गरिएको प्रि–डिप्लोमा अन्तर्गतको स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको स्तरवृद्धि गर्न, भर्ना आवेदन सूचनाको समयाअवधी थप्न, सरकारी विद्यालयमा संचालित प्रि–डिप्लोमा र डिप्लोमा तहका कार्यक्रमहरुको शुल्कमा एकरुपता कायम गर्न, विभिन्न नाममा लिइने चर्को शुल्क खारेज गर्न, शैक्षिक पूर्वाधार बिना संचालित प्राविधिक कार्यक्रमबारे कडाईपूर्वक अनुगमन गरी कारवाही गर्न माग गरिएको छ।
यस्तो छमाग पत्र 

प्रतिक्रिया दिनुस