कञ्चनपुर असोज ९ । कञ्चनपुरको बेदकोट नगरपालिका सुडामा जंगली बदेल काटिरहेको अवस्थामा दुई जना शिकारी पक्राउ परेका छन् । शुक्रबार बिहान बेदकोट नगरपालिका ७ सुडाबाट जंगली बदेल काटिरहेको अवस्थामा शिकारी पक्राउ परेका हुन् ।

डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले जंगलबाट बदेल मारेर मासुका लागि काटिरहेको अवस्थामा मासु बरामद सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।बदेल कटिङ्ग गरिरहेकै अवस्थमा दुई जना शिकारी ,मासु, तराजु र ग्याँस बरामद गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका ७ सुडाका ज्ञानेन्द्र पाण्डे र पुष्कर विष्ट रहेका छन् । उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । ‘पक्राउ परेका दुवै जनाको महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गरेका छौँ, ‘सुचना अधिकारी अवस्थीले भने, ‘फेला परेको बदेलको समेत मासु परीक्षणका लागि नमुना पठाएका छौँ ।’ जंगली जनावर बदेल मारेर काटेर खाने प्रयोजनका लागि भएकाले सोही बमोजिम मुद्दा अघि बढाईने तयारी भईरहेको सूचना अधिकारी शिवराज अवस्थीलेजाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस