कञ्चनपुर ,असोज ,९ । कञ्चनपुरको वेलौरी नगरपालिका वडा नम्बर ९ मा रहेको बैजनाथ मध्यवर्ती सामुदायिक वनबाट काठ तस्करीमा संलग्न ६ जनाको नाम सार्वजनिक गरिएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट मङ्गलवार राती सालका रुख काटेर ट्याक्टरमा लोड गरिरहेको अवस्थामा पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान जारी रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालय मजगाउँले जनाएको छ ।
बैजनाथ सामुदायिक वन क्षेत्रबाट तस्करी गरिरहेका बेलौरी नगरपालिका वार्ड ९ का करण बहादुर ऐर, प्रेम चन्द, सञ्जय चन्द, जनक राज अवस्थी, वार्ड ५ का कालु राम चौधरी र वार्ड नम्बर ७ का देव सिंह चौधरी रहेका छन । उनीहरुलाई मङ्गलवार राती ३ बजे ट्याक्टर, मोटरसाइकल र काठ लोड गरिरहेको अवस्थामा पक्राउ परेका थिए।

उनीहरूलाई कालिकिच बाट खटिएको नेपाली सेना र चानदेव बाट खटिएको ४० जना सेनाको टोलीले घेराउ गरी पक्राउ गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख पौडेलले बताए।उनीहरूमध्ये केही भने फरार रहेको अनुसन्धानका क्रममा खुल्नमा आएको उनले बताए। काठ तस्करीमा संलग्न ६ जनालाई मजगाउ हिरासतमा राखीएर भइरहेको छ।पक्राउ परेका ६ जनामाथि मुद्दा चलाउने तयारी थालिएको उनले बताए। मङ्गलवार राती बैजनाथ मध्यवर्ती सामुदायिक वनबाट करिब सय क्वीफीट काठ बरामद गरीएको थियो।

प्रतिक्रिया दिनुस