लाल बहादुर एस.के,
कञ्चनपुर, अजोज, १० । अछामको रामारोशन गाउँपालिकाको सैनी बजारमा भीषण बाढीपहिरो बाट ज्यान गुमाउने पिडित परिवारहरुलाई मानव सेवा फाउन्डेसन मुम्बईले खाद्यान्न सहयोग गरेको छ ।मानव सेवा फाउन्डेसन मुम्बईले संकलन गरेको रकम जनक सुनारको खातामा पठाएर सहयोग गरेको हो ।

गत भाद्र २ गते आएको भिषण बाढीपहिरो बाट ज्यान गुमाउने पिडित परिवारलाई सहयोग गर्न मानव सेवा फाउन्डेसन मुम्बईले सबैलाई अपिल गरेको थियो । फाउन्डेसनले विभिन्न दाताहरुबाट संकलित नगद रु ३२, ००० रकम जनक सुनारको खातामा पठाएर पीडित परिवारहरुलाई सहयोग गरेको फाउन्डेसनका अध्यक्ष अरुण बाब्लीले बताएका छन ।

फाउन्डेसनका अध्यक्ष बाब्लीले सहयोग दाताहरुको नाम सार्वजनिक गर्दै विभिन्न समस्याका बाबजुद पनि मानवीय सेवालाई सिरोधार्य गरि सहयोग गर्ने सम्पुर्ण मनकारी दाताहरुलाई धन्यवाद दिएका छन । उनले सहयोग गर्ने पारष बिष्ट मुम्बई चर्चगेट,नरेश बाब्ली भायन्दर, उज्ज्वल बाब्ली मिरा रोड,भरत बाब्ली घाटकोपर ,नृप बिश्वकर्मा विले पार्ले ,हिमाल रमेश बाब्ली पार्ले ,गोरख ताम्राकार विले पार्ले,भरत भुल विले पार्ले ,जगत बि क वसई रोड,जय बहादुर बोहरा न्यु मुम्बई,सुनिल कोलि सुरत,रन्जित भाट कैलाली नेपाल,नरेन्द्र बिश्वकर्मा बिरार, कृष्ण बि क जोगेस्वरि, ईन्द्र बिश्वकर्मा ठाने, धनराज परियार,मिठ्ठ परियार भाईन्दर, भवानी अधिकारी बिरार,उमेश देबकोटा बिरार,प्रेम बिश्वकर्मा बिरार, योगेश जैगडि पनबेल लाई धन्यवाद दिएका हुन । साथै उनले अझै पनि सबैलाई यस्तो बिपत्तिमा परेका परिवारहरुलाई सहयोग गर्न अपिल गरेका छन ।

 

अध्यक्ष बाब्लीले सहयोगी दाताहारुको सहयोगलाई जस्ताको तस्तै पीडित समक्ष पुर्याउन मानव सेवा फाउन्डेसन कटिबद्ध रहेको भन्दै बिस्वस्त भएर सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन ।सहयोग गर्न चाहाने ले निम्न ब्यक्तिहरु सँग सम्पर्क गरि सहयोग गर्न सक्ने फाउन्डेसनले जानाएको छ ।
मानव सेवा फाउन्डेसन मुम्बई
अध्यक्ष अरुनकुमार बाब्ली ८३६९३७७२६४
कोषाध्यक्ष दिनेश बाब्ली ९३२२२५३४९०
सचिव जिवनसिंह विश्वकर्मा ९७६८०३५४६४

प्रतिक्रिया दिनुस