कन्चनपुर, असोज १० । कञ्चनपुरको लालझाडी स :मिल तथा फनिर्चर उद्योगको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार लालझाडी गाउँपालिका वडा नं २ मा रहेको लालझाडी सस्मिल तथा फनिर्चर उद्योगको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
आ.व. २०७६/०७७मा साधारण सभामा ८ लाख ८० हजार बराबरको आम्दानीको विवरण प्रस्तुत गरेको लालझाडी सःमिल तथा फनिर्चर उद्योगका अध्यक्ष अमरसिंह रानाले बताए ।


दोस्रो बाषिर्क साधारण सभाको सभापतित्व लालझाडी सःमिल तथा फनिर्चर उद्योगका अध्यक्ष अमरसिंह राना रहेका थिए । अध्यक्ष रानाले सःमिल खोल्न बिभिन्न किसिमका चुनौतीमा साथ र सहयोग गर्नेहरुलाई दोसल्ला ओडाएर सम्मान गरेको बताउनु भएको छ ।

प्रमुख अतिथि लालझाडी गाउँ पालिकाका उपाध्यक्ष सत्य देवी महाराले यस उधोगमा गाउँपालिकाकाले व्यवस्थित गर्न र गाँउमा रहेको फर्निचरलाई प्रोत्साहन सहयोग गर्न तयार रहेको बताईन् । जिल्लाको अधिकांश एउटै समुदाय को बसोबास भएकोले यो ठाउँमा विकास नभएको उपाध्यक्ष महराले बताईन् । स्थानिय अन्य सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस