बिमल धामी, बेलडाँडी, असोज, १० । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाका दलित जनप्रतिनिधीहरुलाई सम्मान गरिएको छ ।
बेलडाँडी गाउँपालिका स्तरिय दलित हकहित संञ्जालले एक कार्यक्रमका विच दलित समुदायको नेतृत्व गर्ने दलित जनप्रतिनिधीहरुलाई सम्मान गरेको हकहित सञ्जालका संयोजक दिनेश सुनारले जानकारी गराउनु भयो ।

उहाँका अनुसार आज परिचयात्मक कार्यक्रम, अन्तरकृया लगायत दलित अगुवाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाए ।बेलडाँडीका दलितहरुको पक्षमा वकालत गर्ने यस सञ्जालले गठन भएको दखिनै आफ्नो कार्य गर्दै आएको छ ।सञ्जालका संयोजक दिनेश सुनारको सभापतित्वमा सञ्जालका पधाधिकारी र जनप्रतिनिधिहरुको उपस्थितिमा संचालन भएको कार्यक्रमको संचालन सञ्जालका सचिव रमेश चनाराले गरेका थिए ।

सचिव चुनाराका अनुसार दलित हकहितको लागि आगमी दिनमा सम्पुर्ण दलित एक ढिक्का भएर अगाडी बढ्ने बताउनु भयो । उहाँका अनुसार तत्काल बेलडाँडी गाउँपालिका भित्रको दलित भवनको स्तर उन्नतीको लागि पहलगर्ने । विद्यालय भर्नामा दलित विद्यार्थी भर्ना नि शुल्क गराउन पहल गर्ने, सञ्जाललाई प्रतेक वडामा विस्तार गर्ने विषयमा अन्तरकृया गरिएको जनाए ।

बेलडाँडी बलात्कार प्रकरणका विषयमा समेत गहन छलफल भएको बताउदै दोषी जो कोहीलाई समेत कडा भन्दा कडा कारवाही हुनुपर्ने माग समेत अघिसारिएको बताए । पिडित बालिका दलित भएकै कारण सामुहिक बलात्कारको सिकार हुन पुगेको वहाँहरुको भनाइ रहेको छ । यस्ता घटना आगामी दिनमा नघट्न दिन सञ्जालले खवरदारी गरिराख्ने समेत जानकारी गराउनु भयो

प्रतिक्रिया दिनुस