बैतडी असोज ११ । बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि असोज ११ देखि अर्का सूचना जारी नगर्दा सम्म अनिश्चितकालका लागि नगरपाकिा सिल गरिएको छ । आईतबार नगर उपप्रमुख जानकी ऐर(बम(को अध्यक्षतामा बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

बैठकले आजकै मितिदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने पुर्चौडी नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा रहेका सबै विद्यालय, वित्तिय संस्था, सरकारी कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिनुभयो ।यस्तै सबै प्रकारका व्यापार,व्यवशाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय भएको छ । यसका साथै आवत जावतमा पनि पुर्ण रुपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाइएको छ । भारतको बैंग्लोरबाट फर्किएका पुर्चौडी नगरपालिका ३ का २९ बर्षीय पुरुष घर पुग्नै लाग्दा शुक्रबार स्थानीय लामाधारमा मृत फेला परेका थिए ।

मृत भेट्टिएका ती पुरुषको शनिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो । कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गरि स्वाब संकलन गरि परीक्षण गर्ने निर्णय पनि भएको छ ।

६ दिन अगाडी बैंग्लोरबाट हिडेका ती पुरुष बिहीबार कैलालीको गौरीफण्टा नाकाबाट नेपाल भित्रिएका बताईएको छ । गौरीफण्टादेखि मृत भेट्टिएको स्थानका सम्म ती पुरुषको सम्पर्कमा आएका र उनी चढेर आएका सवारी साधनका स्टाफ र यात्रुहरुको पनि कोरोना परीक्षण गरिने भएको छ ।पुर्चौडीमा अहिलेसम्म २० जनामा संक्रमण पुष्टि हुँदा ८ जना अझै सक्रिय संक्रमित रहेका छन् । मृत भेट्टएका व्यक्तीमा कोरोना पुष्टि हुँदा गाउँमा डर त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुस