
विकास शिह महता,
कञ्चनपुर, असोज,१५ । कञ्चनपुरको बेदकोट नगरपालिकामा बेमौसमी तरकारी खेती तालीम शुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी ले विश्व नै आर्थिक अर्थतन्त्र मन्द बन्दै गए पछि गैरसरकारी संस्थाद्धारा बेदकोट नगरपालिका वडा न.४ का २० जना बेरोजगार युवा र युवती लाई बेमौसमी आईपिएम पद्धतिमा आधारित तालिम दिइने भएको छ।
निड्स नेपालका अध्यक्ष अन्जु जोशी भट्टको सभापतित्वमा ३ महिने बेमौसमी तरकारी खेती तालिमको उद्धघाटन बेदकोट नगरपालिका नगरप्रमुख अशोक कुमार चन्दले गर्नु भएको थियो । उक्त कार्यक्रममा बेदकोट कार्यपालिका सदस्य नन्दकला पुलामीको उपस्थिति रहेको थियो।

यूरोपियन युनियनको आर्थिक सहयोगमा निड्स नेपालले संचालन गरेको दक्षता परियोजना अन्तर्गत तालिम संचालन भएको हो। बेरोजगार युवा युवतीहरु लाई सहभागी गराई संचालन हुने तालिम बाट उपभोक्तहरु लाई विषाधि रहि स्वच्छ तथा ताजा तरकारी उत्पादन गर्न र उपभोक्ता गर्दै बजारीकरण गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गरेको कार्यक्रम संयोजक बिनोद कडाराले जानकारी गराउनु भएको छ।


 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    