कञ्चनपुर, असोज २१ । महेन्द्रनगर राजश्व कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरबाट प्रदान गरिने अनलाइन बाहेकका सबै सेवा बन्द गरिएको छ। अन्य कर्मचारीको पनि स्वाव संकलन गर्नुपर्ने भएकाले बुधबारदेखि कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको हो।
कार्यालयका १६ जना कर्मचारीको बुधबार दिउसो स्वाव संकलन गरिनेछ। उनीहरुको रिपोर्ट नआउँदासम्म अनलाइन बाहेकका सेवा बन्द गरिने राजश्व कार्यालयका सुचना अधिकारी विष्णुबहादुर राउतले बतानुभयो। उनका अनुसार सोमबार एकजना कर्मचारीमा संक्रमण देखिएको थियो। त्यसपछि उनको सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि स्वाब संकलन गरिने भएको छ ।
प्रतिक्रिया दिनुस