पहिलाद राना

भौतिक पुर्वाधारबाट उपेक्षित गरिएको कञ्चनपुरको लालझाडी गाँउपालिकाले गाँउबाटै गर्भवती महिलाको एकिकृत स्वास्थ्य चेकजाँच शुरु गरेको छ । गाँउपालिकाले मंगलबारदेखि गाँउघरमै गर्भवती महिलाको एकिकृत स्वास्थ्य चेकजाँच शुरु गरेको हो । अल्ट्रासाउण्ड मेसिन ल्याएर गर्भवती महिलाको स्वास्थ्य चेकजाँच गर्न थालिएको छ ।

 

गाँउपालिका प्रमुख मदन सेन बडायकले शकरपुर स्वास्थ्य चौकीमा मेसिनको उद्घाटन गर्दै शिशु र आमाको स्वास्थ्यका लागि सुत्केरी अघि नै मेसिन मार्फत चेकजाँच गरिने बताए । ‘गाँउपालिका ६ वटै वडामा स्वास्थ्य चौकी छन, ‘प्रमुख बडायकले भने, ‘पालो मिलाएर सबै वडा मार्फत स्वास्थ्य चेकजाँच गछौँ ।’

 

कुनै गर्भवती महिलाको स्वास्थ्यमा समस्या देखिए थप उपचार एव सुझाव सल्लाह दिएर सुरक्षित मातृत्व एव शिशुको स्याहार गरिने गाँउपालिका प्रमुख बडायकले बताए । यस अघि लालझाडी क्षेत्रका गर्भवती महिला अल्ट्रासाउण्ड मेसिन नहुँदा सेवाबाट बञ्चित थिए । सेवा विस्तारसंगै गाँउपालिका क्षेत्रका महिलाले सुविधा पाउने भएका छन् ।

लालझाडी गाँउपालिका प्रमुख बडायकले चुनावी प्रतिबद्धता पुरा गर्नका लागि स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम ल्याएका छन् । प्रमुखले ल्याएको कार्यक्रममा स्थानीय हर्षित भएका छन् । यस्तै खानेपानी मन्त्रीको पहलमा लालझाडीमा आएको १० सैयाको अस्पतालको स्तरबृद्धि गर्दै गाँउपालिकाले १५ सैयाको बनाउने प्रस्ताव अघि सारेको छ ।

 

‘संघीय सरकारबाट गाँउपालिकामा १० सैयाको अस्पताल बनाउने योजना आएको थियो, ‘गाँउपालिका प्रमुख बडायकले भने, ‘हाम्रो कार्यपालिका बैठकबाट पछि पनि अस्पतालको स्तरबृद्धि गरिनुपर्ने त्यसका लाष् िअहिलेनै १५सैयाको अस्पताल बनाउने तयारी भएकाले १५सैयाको अस्पताल बनाउने निर्णय गरेका छौँ ।’ स्वास्थ्य क्षेत्रमा सुधारका लागि गाँउपालिकाले पहल थालेसंगै स्थानीयले स्वास्थ्य सेवा सुविधा पाउन थालेका छन् ।

प्रतिक्रिया दिनुस