लाल ब. एसके

घ गाँउमा सिहदरबारको मर्म अनुरुप कञ्चनपुरको पुनर्वास नगरपालिका ४ नम्बर वडा कार्यालयको भवन निर्माण शुरु भएको छ । भारतसंग सीमा जोडिएको पुनर्वास नगरपालिका ४ नम्बरको वडा भवन कार्यालय निर्माण हुन लागेको हो । विगत वडा भेला र नगर परिष्दबाट निर्णय अनुरुप वडा भवन निर्माण कार्य भईरहेको वडाले जनाएको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ को असोज दोस्रो सातादेखि भवन निर्माणको कार्य शुरु भएको छ । वडाध्यक्ष प्रेम बस्नेले वडा भवनको शिलान्याय गर्दै निर्माण कार्य शुरु भएको हो ।

 

कोरोना कहरका कारण भिडभाँड नगरि वडाध्यक्ष बस्नेतले सरोकारवालाको समन्वयमा आफ्ैले शिलान्यास गरेका थिए । वडाध्यक्ष बस्नेतले वडा निर्माणको कार्य युद्धस्तरमा गएको बताए । उनका अनुसार रश्मी बिल्र्ड प्रालिले ८९ लाख, ६२ हजार, ३९५ रुपैया लागतमा निर्माणका लागि सम्झौता गरेको छ । आउँदो असार १५ भित्र भवन निर्माण गरिसक्ने सम्झौता गरिएको छ । स्थानीयले उपयुक्त स्थानमा वडा भवनको कार्यालय निर्माण शुरुवात भएको बताउदै केही विकास बिरोधी समुहले अनावश्यक राजनीति गर्न खोजेको बताएका छन् । उनीहरुले गाँउमै सेवा प्रवाहका लागि वडा भवन निर्माणबाट राहत मात्र नभई सुविधा हुने बताएका छन् ।

 

स्थानीय विश्व राज ढकालले यस अघि वडा कार्यालय ढाटा भएकाले दुख हुने गरेको बताए, अब सहज हुने बताए । ‘वडा भवन गाँउमै भएको छ, ‘उनले भने, ‘वडाध्यक्ष बस्नेत सहितको विकासको काम देखेर केही अतालिए ।’ अर्का स्थानीय चन्द्र प्रशाद देवकोटाले केही समुहबाट ठेक्का पट्टा नपाएको झोकमा झोकिएको बताउदै उनले सबैको सहयोगमा वडा भवन बनिरहेको बताए । विगतमा वडा भेला, निर्णयबाट वडा भवन निर्माणका निर्णय हुँदा पनि केही समुहलाई चित्त नबुझेको बताए । पुनर्वास नगरका मेयर जिवनराज थापाले सबै वडा भवन निर्माण गरेर नागरिकलाई वडाबाटै सबै सेवा सुविधा दिलाउने बताए । उनले इमान्दारितापुर्वक काम गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुस